स्वर्ण विजेता गौरिकाले भनिन्, ‘मलाई नेपाली होइनौ भन्छन्, म नेपाली हुँ, पदक नेपालको हो’

डिसी नेपाल
१९ मंसिर २०७६ २०:३५

काठमाडौं। नेपालकी जलपरीको उपनामले परिचित गौरिका सिंहले बिहीबार इतिहार रच्दै पौडमा स्वर्ण जितिन्। उनले २ मिटर फ्रि स्टाइल स्पर्धामा भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी थिइन्।

साग इतिहासमा पौडीमा व्यक्तिगत स्वर्ण जित्ने गोरिका पहिलो नेपाली खेलाडी बनेकी छन्। व्यक्तिगत स्वर्ण जितेकी गौरिकाले रिले स्पर्धामा काश्य जितिन्।

त्यसपछि सञ्चारकर्मीको आग्रहमा छोटो प्रतिक्रिया दिएकी उनले आफुले जितेको पदक नेपालको भएको बताइन्।

र भनिन्, ‘मलाई नेपाली होइनौं भन्छन्, तर म नेपाली हुँ, मैले जितेको पदक नेपालको हो।’ उनले यो पदक नेपालप्रति समर्पण गर्नेसमेत बताइन्।

गौरिका बेलायतमा बस्दै आएकी छन्। उनी साग शुरु हुनुभन्दा केही दिनअघिमात्र नेपाल आइपुगेकी हुन्। बेलायतमा रहँदा राम्रो तयारी गरेकाले पनि पौडीमा नेपालले स्वर्ण जित्न सकेको हो। उनले भनिन्, ‘मेरा फ्यान यति धेरै रहेछन् भन्ने आज थाहा भयो, आज मेरो बेस्ट डे रह्यो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *