पशुपति र शान्ताको ‘कल्ले कान फुक्यो र ?’ [भिडियो]
काठमाडौं। आफ्ना हरेक गीतमा नयाँपन दिने लोकप्रिय लोकदोहोरी गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन्।
उनले शान्ता परियारसंगको सहकार्यमा ‘कल्ले कान फुक्यो र ?’ बोलको गीत बजारमा ल्याएका हुन्। गीतको शब्द तथा लय पशुपति स्वयंमले तयार पारेका हुन्।
गीतको भिडियो पशुपतिले शुक्रबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।
गीतमा पशुपति र शान्ताले स्वर मात्र दिएका छैनन्। अभिनय पनि आफै गरेका छन्। गीतको भिडियोका दृश्यहरु आकर्षक छन् भने दुवैको अभिनय गज्जब देखिन्छ।

सुमन थापाको कोरियोग्राफी रहेको भिडियोलाई दुर्गा पौडेलले छायांकन तथा निर्देशन गरेका हुन्। भिडियो सम्पादन भने नबिन घर्ति मगरको रहेको छ। पशुपति र शान्ताको यो पहिलो सहकार्य हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment