बोष्टनमा नेपाली क्लासको अविभावक दिवस, ‘नेपाल एकिकरण’ नाटकसहित विभिन्न कार्यक्रम प्रस्तुत

डिसी नेपाल
२१ मंसिर २०७६ ११:१४

बोष्टन, अमेरिका । अमेरिकामा सञ्चालनमा रहेको नेपाली भाषा स्कुल “नेपाली क्लास, बोष्टन” को पाँचौ अभिभाक दिवस सम्पन्न भएको छ । नोभेम्बर २४, २०१९ का दिन समरभिल सिटीस्थित अल्बर्ट एफ. अर्जेनसियानो स्कुलमा सम्पन्न कार्यक्रममा विद्यार्थी बालबालिका, शिक्षक, अबिभावक, स्वयंसेबक गरी करिब ४०० जनाको सहभागिता रहेको थियो ।

२०१९ शैक्षिक बर्षमा अध्ययनरत ५ देखि १५ बर्ष उमेरका १६० जना बालबालिकाहरुलाई सिकाईएको नेपाली भाषा, संस्कृति, अनुशासन, नृत्य, नाटक, अभिनय अनि उद्घोषण देखेर सहभागीहरु दँगै परे ।

त्यहा साना सुन्दर बाबु नानीहरुले लयमा लय, तालमा ताल मिलाउँदै राम्रा राम्रा नृत्य देखाए, नेपालमा सीमा बिबाद भइरहेको बेला नेपाल एकिकरण सम्बन्धी नाटक देखाएर सबैको मन जितेका थिए ।

चुरापोते, चौबन्दी, चोली, छिटको सारी, पटुकी, मजेत्रो चुरा पोते टिकिया थैली, डोको नाम्लो समेतमा सजिएका नानीहरु र दौरा सुरवाल ढाकाको टोपी इष्टकोट समेतमा सजिएका बाबुहरुको फरक फरक प्रस्तुतीले सबैलाई खूशी बनायो ।

कार्यक्रमका १६ वटा प्रस्तुती मध्ये १४ वटामा सानाबाबु नानीलाई उद्घोषण गर्न दिएइको थियो जुन उदाहरणीय बन्न पुग्यो ।

पृथ्वी नारायण शाहले कसरी नेपाल एकिकरण गरेका थिए, देश कसरी बन्यो, देशको रक्षा कसरी बढाऊन सकिन्छ भन्ने सन्देशमुलक २ वटा नाटक मञ्चन गरेका थिए ।

बाबु नानीहरु नै जुँगामा देखिए, फेटा गुथेका देखिए, सिगारिएका राजा बने, खुकुरी लियर लडाईमा हिँडे, आठ पहरिया र बैठके बने । त्यसैगरी जे हुन्छ राम्रैको लागी हुन्छ” शिर्षकमा अकबर र बिरबलको रमाईलो अर्को नाटक पनि देखाईएको थियो । बालबालिकाहरु साँच्चिकै अकबर, बिरबल र तिनका सहकर्मीको रोलमा देखिए, शिकार खेल्न जङगल गए।

फररै नेपाली बोले, डाइलग मारे सो देख्दा अभिभावकहरु छक्कै परे । ठुला मानिसलाई गाह्रो पर्ने अभिनय बालबालिकाले सजिलै गरेका थिए । कार्यक्रममा बालबालिकाका ८ थरी सामुहिक नृत्य गरेका थिए भने यो मन त मेरो नेपाली हो गीतमा सबै बालबालिकाहरु अगाडी स्टेजमा आएर गाएको दृष्य मनमोहक थियो ।

बोष्टन नेपाली क्लासका अभिभावक स्वयँसेवक टिम र शिक्षकहरुको फरक फरक रमाईलो नृत्य पनि समावेश थियो।

अमेरिकाको ब्यस्त लाईफमा आफ्ना छोराछोरीलाई चाहेर पनि नेपाली भाषा पढाउन लेखाऊन, नेपाली कला सँस्कृति भेषभुसा चाडवाड सिकाउन निकै गाह्रो हुने सन्दर्भमा तिनै बालबालिकालाई लक्षित गरि नेपाली क्लास बोष्टन स्थापना गरिएको हो।

बोष्टन तमु समाजको पहलकदमीमा सन २०१४ मा वाटरटाऊन स्थित बाल पुस्तकालयमा जम्मा ७ जना विद्यार्थीबाट शुरु भएको नेपाली क्लास, पछि विश्व प्रसिद्द एमआइटी विश्व विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको समुह “मितेरी” सँगको सहकार्यमा जुन २०१४ देखि जुलाई २०१९ सम्म त्यहि MIT को सुविधा सम्पन्न बिल्डिङ्मा रहयो, हाल जुलाई देखि मात्र समरभिल सिटीको अर्जेनसियानोमा सरेको हो।

बढि जाडो हुनु अगावै अविभावक दिवस मनायर डिसेम्बर देखि मार्चसम्म नेपाली क्लास बन्द गरिन्छ पुनः अप्रिल देखि नोभेम्बर सम्म खुल्छ ।

स्कुलले बेलाबखत बालबालिकालाई प्रभावकारी हुने ठुला ईभेन्टहरुहरु जस्तै दशैमा बृहद टिका जमरा आशिष दक्षिणा को कार्यक्रम, भानु जयन्तीमा नाटक देखाऊने, बाल स्पोर्टसमा भाग लिने, बार बे क्यु गर्ने, क्यान्सर पिडितको लागी परोपकारी फण्ड राईज रनिङ जस्ता पोग्राममा सहभागी गराउँदै आएको छ।

स्कुलका लागी १० जना शिक्षक, १ जना एडमिनिस्टेटर, २ जना जनरल सपोर्टर, ५ जना युथ भोलन्टियर, अविभावकको तर्फबाट ८ जनाको प्यारेन्ट एलाइन्स कर्नर र २५ जना समाजका अग्रजहरुको भोलन्टियर एलुम्नी समेतको टिम क्रियाशिल छ ।

स्कुललाई यहाँको कानुन अनुसार वैधानिकता दिलाई सञ्चालनमा ल्याइएको र पुर्ण भोलन्टियरीङ मतलब निःशुल्क रुपमा अगाडी बढाइएको छ। स्कुलको स्तरियता गुणस्तरियतामा मा हरेक बर्ष अभिबृद्दि हुँदै आएको देखिन्छ। स्कुलमा शिक्षक, भोलन्टियर सेवा गर्न र बालबालिका भर्ना गर्न छुट्टाछुट्टै क्राइटेरिया मिट गर्नुपर्ने हुन्छ।

स्कुलको लोकप्रियता सगै कसरी अर्को बर्ष आफ्ना बालबालिका नेपाली क्लास बोष्टनमा भर्ना गर्ने भनि चिन्ता गरेका आमाबुबा पनि भेटियो। हुनपनि यस बर्ष नै बोष्टन बाहिर न्यु ह्याम्सायर राज्यबाट समेत बालबालिका नेपाली क्लासमा ल्याउन थालिएको रहेछ।

विदेशमा नेपालीले गरेका धेरै राम्रा अनुकरणीय काम मध्येमा पर्दछ नेपाली क्लास, वोष्टन । यो अत्यन्तै ऊदाहरणिय रुपमा अगाडी बढिरहेको छ।

विदेशमा नेपालीले नगरी नहुने तर निकै कठिन काम थियो यो । बालबालिकालाई नेपाली भाषा कला सँस्कृति चाडबाड रितिथिति सिकाऊन जरुरी थियो ।

बोष्टनमा रहेका शिक्षासेवी समाजप्रिय नेपालीको दुरदर्शिताले नेपाली क्लासको स्थापना भयो र यहा सम्म आइपुगेको छ ।

अब भने नेपाली क्लास सुस्ताऊने छैन भन्ने बिश्वास बोष्टनबासीलाई लागेको छ । यो नेपाल र नेपालीको लागी साह्रै खुसीको कुरा भएको छ ।

स्कुलले निर्दिष्ट लक्ष्य प्राप्तिको लागी निकै मेहनत गरेको देखिन्छ तर प्रचार प्रसारमा कहिल्यै चासो दिएको पाइएन र क्लास का बारे आजसम्म खासै मेडियामा आएको पनि देखिएन यस रिपोर्टर अविभावक दिवसमा सहभागी हुदा त्यहि कुराको अनुभुति भयो।

जसले गर्दा आफुले देखेका केहि कुरा जे देख्यो सो लेख्यो को रुपम यस रिपोर्टमा समावेश गर्न खोजिएको छ । नेपालीले चाहेमा यति राम्रो ऊदाहरणिय काम गर्न सक्दा रहेछन भन्ने उदाहरणको रुपमा नेपाली क्लास, बोष्टन उदाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *