बिचभलिबलमा मिश्रित परिणाम

डिसी नेपाल
२१ मंसिर २०७६ २१:१६

कास्की । तेह्राँै दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बिचभलिबल प्रतियोगितामा आज नेपाली टिमले मिश्रित परिणाम ल्याएको छ । नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीमाथि २१–१६ र २१–१७ को जित निकाल्यो । मान र दिलको जोडी अर्को खेलमा पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीसँग २१–१९, १५–२१ र १०–१५ को सेटमा पराजय व्यहो¥यो ।

माल्दिभ्सको एडम नसीम र मोहम्मद अलिको जोडीसँग नेपालका राजु विक र सञ्जु शाहको जोडी १९–२१, २१–१८ र १५–८ को प्रतिस्पर्धात्मक सेटमा पराजित हुन पुग्यो । श्रीलङ्काको इन्डिका टिरोन र जयन सनुजाको जोडीले राजु र सञ्जुको जोडीलाई २१–१५ र २१–१० को सेटमा पाखा लगायो ।

आजै भएका खेलमा पाकिस्तानका जस्नव खान र अफाख खानको जोडी श्रीलङ्काका इन्डिका टिरोन र जयन सनुजाको जोडीसँग १५–२१ र १४–२१ को सेटमा पराजित भयो । श्रीलङ्काका प्रदीप असङ्का र असेन कुमाराको जोडीले पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीमाथि २१–१६, १६–२१ र २१–९ को रोचक सेटमा जित हात पा¥यो ।

पाकिस्तानका जस्नव खान र अफाख खानको जोडीले माल्दिभ्सको एडम नसीम र मोहम्मद अलिको जोडीलाई १५–२१, २१–१८ र १८–१६ को प्रतिस्पर्धात्मक सेटमा हरायो । माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडी श्रीलंकाका प्रदीप असंका र असेन कुमाराको जोडीसँग १३–२१ र १६–२१ ले स्तब्ध भयो ।

लिग चरणको खेलमा हालसम्म पुरुषतर्फ समूह ‘ए’ मा श्रीलङ्काका इन्डिका टिरोन र जयन सनुजाको जोडी आठ अङ्कसहित शीर्षस्थानमा छ । पाकिस्तानको जस्नव खान र अफाख खानको जोडी सात अङ्कसहित दोस्रो र मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी छ अङ्कसहित तेस्रो स्थानमा छन् । समूह ‘बी’तर्फ श्रीलङ्काकै प्रदीप असङ्का र असेन कुमाराको जोडीले आठ अङ्कसहित शीर्षस्थान ओगटेको छ । पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडी छ अङ्कसहित दोस्रो स्थानमा छ । नेपालको राजु विक र सञ्जु शाहको जोडी पाँच अङ्कसहित चौथो स्थानमा छ । माल्दिभ्स र बङ्गलादेशका टिम दुवै समूहको अङ्क तालिकामा क्रमशः चौथो र पाँचौँ स्थानमा छन् ।

महिलातर्फ आज पनि दुई खेल मात्रै भए । पहिलो खेलमा श्रीलङ्काका दीपिका जेडेरा र मधुशानी वीरासिङ्गेको जोडीले माल्दिभ्सका रसिदा अमिनाथ र साफ्ना इब्राहिमको जोडीलाई २१–८ र २१–१० को सहज जित निकाल्यो । दोस्रो खेलमा श्रीलङ्काकै लक्षिनी थारूका र दिनेशा प्रसादनीको जोडीले जेनिया मोसा फातिमाथ र रुदाइना अमिनाथको जोडीलाई २१–१२ र २१–५ को सेटमा पाखा लगायो ।

तीन देशमात्रै सहभागी महिलातर्फ समूह ‘ए’ र ‘बी’ दुवैमा श्रीलङ्काका टिम शीर्षस्थानमा छन् । नेपालका विनिता बुढाथोकी र नेविका चौधरीको जोडी समूह ‘ए’ र कोपिला उप्रेती र मनिषा चौधरीको जोडी समूह ‘बी’ मा दोस्रो स्थानमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *