कपिल शर्मा बने छोरीका बुवा

डिसी नेपाल
२४ मंसिर २०७६ ९:५६

मुम्बई। चर्चित कमेडियन कपिल शर्मा छोरीका पिता बनेका छन्। कपिलकी पत्नी गिन्नी चतरथले छोरीलाई जन्म दिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

कपिलले ट्विट गर्दै आफू छोरीको पिता बनेको जानकारी दिएका हुन्। उनले लेखेका छन्–हामीलाई छोरी प्राप्त भएको छ। तपाइँहरुको आर्शीवादको आवश्यक छ। जय माता दी।’ कपिलले यस्तो ट्विट गरेपछि उनलाई सबैलाई बधाइ दिइरहेका छन्।

कपिलले यो ट्विट मंगलबार बिहान साढे तीन बजे गरेका हुन्। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाँडूले कपिललाई बधाइ दिएका छन्। कपिल र गिन्नीबीच गत वर्ष १२ डिसेम्बरमा जालन्धरमा विवाह भएको थियो।कपिल र गिन्नीले दिल्ली र मुम्बईमा रिसेप्शन दिएका थिए।

कपिलको विवाहमा बलिउड र टेलिभिजन जगतका कयौं कलाकार उपस्थित भएका थिए। कपिल र गिन्नी कलेजदेखिका साथी थिए। पहिला दुवैका परिवार विवाहका लागि राजी थिएनन्। तर पछि उनीहरुले सहमति जनाए।

२०१७ मा जब कपिलको राम्रो अवस्था थिएन, तब उनलाई गिन्नीले सम्हालेकी थिइन.। यो कुराको जानकारी कपिलले एक अन्तर्वातामा दिएका थिए। त्यो बेला गिन्नी मै आफ्नो जीवन साथी बन्न लायक रहेको आफूलाई लागेको जनाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *