नेपाल भ्रमण वर्ष २०२०का लागि कर्णालीमा पर्यटन सूचना केन्द्र स्थापना

डिसी नेपाल
२४ मंसिर २०७६ १६:३२

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पर्यटन सूचना केन्द्रको भवन निर्माण गरिएको छ ।

पर्यटकीय गन्तव्य सम्बन्धी सूचना प्रवाह गर्ने उद्देश्यले सूचना केन्द्र स्थापना गरिएको कर्णाली प्रदेश उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले बताएका छन्।

“नेपाल भ्रमण वर्ष २०२०” लाई लक्षितगरी पर्यटकीय गन्तव्य स्थलको पहिचान गर्ने मुख्यध्येयका साथ प्रदेश सरकारले पर्यटन सूचना केन्द्र निर्माण गरिएको हो,” सूचना अधिकारी रोकायाले भने, “उक्त केन्द्रलाई कर्णालीको पर्यटन सचिवालयको रुपमा समेत प्रयोग गर्ने योजना छ ।”

रोकायाका अनुसार प्रदेशमा आउने पर्यटक तथा गतिविधिको सूचना राख्न र यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न केन्द्रबाट प्रभावकारी काम बढ्ने देखिन्छ । पर्यटन विकासले प्रदेशको आर्थिक तथा रोजगारीका क्षेत्रमा योगदान दिने भएकाले केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

करिब १५ लाखको लागतमा निर्माण भएको उक्त भवनलाई प्रादेशिक पर्यटन सूचना केन्द्र नामाकरण गर्ने तयारी प्रदेश सरकारको छ । चालू आवमा सूचना केन्द्रका लागि उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले १२ लाख बजेट विनियोजन गरेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *