यातायात कार्यालयमा कर्मचारीको अभाव, सेवाग्राहीलाई सास्ती

काठमाडौं । काठमाडौँ उपत्यकामा रहेका चार वटा यातायात कार्यालयमध्ये सेवाग्राहीको सबैभन्दा बढी चाप रहेको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयमा आवश्यकतानुसार कर्मचारी छैनन् । कार्यालयमा कामको चापअनुसार कर्मचारीको संख्या कमी देखिएको हो ।

थोरै कर्मचारीबाटै काम गराउनुपर्ने हुँदा सेवाग्राहीको सधैँ भीड हुने कार्यालयका प्रमुख डम्बरबहादूर चन्दले बताए। कार्यालयमा जम्मा दरबन्दी ३८ जनाको भएकामा सोभन्दा कम कार्यरत रहेको हो । संविधानुसार यातायात व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको भएकाले गत वर्ष नै यातायात कार्यालयहरु प्रदेशमा गएका थिए । प्रदेश सरकारलाई आफूले कर्मचारीको अभावका बारेमा जानकारी गराएको उनको भनाई थियो । प्रदेश ३ को भौतिक पूर्वाधार मन्त्रालयले कर्मचारी नै कम भएकाले भएका कर्मचारीबाट काम चलाउन भनिरहेको उनले बताए । उनले भने, “प्रदेशले कर्मचारीको पुनःसंरचना गर्न बाँकी भएकाले हामीले गाह्रोसँग काम गरिरहेका छौँ ।”

कार्यालयले सवारीचालक अनुमतिपत्रका लागि लिखित र प्रयोगात्मक परीक्षा लिने, वितरण गर्ने, नवीकरण गर्नेसँगै ट्राफिक प्रहरीबाट आएका अघिल्ला आर्थिक वर्षका चालक अनुमतिपत्र राख्ने र सेवाग्राही आउँदा वितरण गरिरहेको छ । कार्यालयमा तीन वटा भवनमा विभिन्न शाखामा र चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षाका लागि गरी धेरै कर्मचारी आवश्यक रहेको उनको भनाई छ ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position