कलात्मक सांगीतिक प्रस्तुति ‘रावण’ सार्वजनिक
काठमाडौं। अभिनेता गजित विष्ट रावण बनेका छन्। रचनाकार मनिष वशिष्ठको शब्दमा रहेको ‘रावण’ स्तुतिगानमा उनी रावण बनेका हुन्।
बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘रावण’ गीतको सार्वजनिक गरिएको हो। रचनाकार मनिष वशिष्ठको कलात्मक सांगीतिक प्रस्तुति हो ‘रावण’।
सार्वजनिक गीतमा मनिष वशिष्ठ र सजन न्यौपानेको आवाज तथा उनीहरूकै संगीत सुन्न सकिन्छ। ‘रावण मा धार्मिकग्रन्थमा उल्लेख भएअनुसार लंकाका राजा रावणको तारिफ गर्दै तयार पारिएको छ। रावणलाई आमजनमानसमा नकारात्मक पक्षको मात्रै जानकारी दिइएको कारण उनीलाई नकारात्मक दृष्टीले हेर्ने गरिन्छ। तर यस गीतमा रावण भित्रका सकारात्मक पक्षको चित्रण गीतमा गरिएको छ।
अहो रूपमहो धैर्हमहोत्सवमहो द्युतिः।
अहो राक्षसराजस्य सर्वलक्षणयुक्तता।।
अर्थात, रावणलाई देख्नासाथ राम मुग्ध भए र भने, ‘रूप, सौन्दर्य, धैर्य, कान्तिले सर्वलक्षणयुक्त हुँदा हुँदै पनि यदि रावण भित्र अधर्म बलवान हुँदैन थियो भने उनी देवलोकको पनि स्वामी बन्ने थिए सायद।’

यही श्लोकमा रहेर रचनाकार वशिष्ठले तयार गरेको गीतको कलात्मक भिडियो पनि सार्वजनिक गरिएको हो। गीतको मर्म अनुसार तयार भिडियोलाई गम्भीर बिष्टले निर्देशन गरेका हुन्।
नवराज उप्रेतीको छायाँकन, नविन निरौलाको सम्पादन रहेको भिडियोमा अभिनेता गजित बिष्टको अभिनय रहेको छ।
कार्यक्रममा पुगेका हाँस्य कलाकार निर्मल शर्मा, सागर लम्सालले पृथक कन्सेप्टमा बनेको गीत आफूहरुलाई मन परेको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment