हिमपातले टिपर चिप्लिएर दुईको मृत्यु
हुम्ला । हिमपातले सडकबाट टिपर चिप्लिएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम्खा गापा वडा नं १ का २६ वर्षीय सोनाम मेगुर लामा, वडा नं ४ का ३६ वर्षीय याल्वाङका सावेल लामा रहेका छन् ।
विहीबार सो गाउँपालिकाको मुचुको पातेल्नमा तेल ल्याउँदै गरेको टिपर दुर्घटनामा परेको थियो । दुर्घटना अन्य दुई घाइते भएका र उनीको उपस्वास्थ्य चौकी मुचुमा उपचार भइरहेको छ ।
मौसमका कारण जिल्ला अस्पतालबाट चिकित्सक जान नसक्दा शव परीक्षण तथा घाइतेलाई उपचारका लागि काठमाडौ पठाउन समेत समस्या परेको व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रपाल लामाले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment