धनुषामा बम विस्फोट, प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु

डिसी नेपाल
२८ मंसिर २०७६ ८:०८

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिकै बम विष्फोट हुँदा प्रहरी प्रहरी निरीक्षक (इन्सपेक्टर) अमिर कुमार दाहालसहित ३ जनाको ज्यान गएको छ। उक्त विस्फोटमा परी अन्य ५ जना घाईते भएका छन् ।

विस्फोटमा परी कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा मृत्यु भएको हो।

महेन्द्रनगर बजार नजिकै रहेको कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विस्फोटमा परी गम्भीर घाईते भएका प्रहरी निरीक्षक दाहालको शनिबार बिहान अस्पतालले मृत घोषणा गरेको हो।

उक्त विस्फोट कसले र किन गराएको हो भन्ने बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *