बिहेको भोलिपल्टै श्रीमतीको हत्या, शवको दुर्गन्ध फैलिएपछि प्रहरीलाई सूचना

डिसी नेपाल
२९ मंसिर २०७६ ८:२०

धादिङ । श्रीमतीको हत्या आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

सो गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मङसिर १० गते हत्या गरेर सेफ्टीट्याङ्कीमा हालेर बेपत्ता पारिएको थियो।

मृतक तामाङको शव शौचालयको सेफ्टीट्याङ्कीमा ब्ल्याङ्केटले बेरेर फालिएको दुर्गन्धित अवस्थामा भेटिएपछि उनका पति २३ वर्षीय अर्जुन थापामगर, ३२ वर्षीय छवि थापामगर र ४७ वर्षीय इन्द्र थापामगरलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए ।

मृतक तामाङलाई मंसिर ९ गते विवाह गरेर घर भित्राएका २३ वर्षीय अर्जुन थापामगरले १० गते हत्या गरेको प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

मृतक तामाङको शव परीक्षणका लागि जिल्ला अस्पताल राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *