स्वास्थ्य विज्ञहरुको दाबी : नेपालमा प्रयोग हुने खोप परीक्षणको लागि होइन

डिसी नेपाल
२९ मंसिर २०७६ १२:४९

काठमाडौं। सांसदहरुले चीन, इन्डोनेसिया र बंगलादेशबाट ल्याइएका औषधि तथा खोपहरु डब्लूएचओ सर्टिफाइड नभएको बताएका छन्।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा पूर्व स्वास्थ्य मन्त्री तथा सांसद खगराज अधिकारीले ती देशबाट ल्याउने गरिएको औषधि र भ्याक्सिन डब्लूएचओ मान्यता प्राप्त नभएको बताएका हुन्।

त्यस्तै उनले अधिकांश स्थानीय तहमा भ्याक्सिनहरु पुर्याउँदा त्यसको टेम्प्रेचर कायम राख्ने कुनै उपकरण नभएका कारण भ्याक्सिनले सही काम गर्ने र रोगहरुको उन्मुलन, निवारण तथा नियन्त्रण हुने अवस्था नरहेको बताएका हुन्।

समितिका सभापति जयपुरी घर्तीले खोपहरुको प्रभावकारिता बढ्दै गएको भएपनि प्रयोगमा रहेका औषधिहरुको गुणस्तरका विषयमा अनुसन्धान आवस्यक रहेको बताए। उनले महिलाको पाठेघरको क्यान्सरको खोप तत्काल प्रकृया पूरा गरी हरेक स्वास्थ्य संस्थामा उपलब्ध गराउनुपर्ने बताइन्।

छलफलमा स्वास्थ्य विज्ञहरुले नेपालमा प्रयोग हुने कुनैपनि खोपहरु परिक्षणका लागि नभएको बताएका छन्। उनीहरुले अन्य मूलुकमा प्रचलित खोपहरु नै नेपालमा पनि प्रयोग गरिएको बताएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *