पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो, बुधबारदेखि माैसममा सुधार

डिसी नेपाल
३० मंसिर २०७६ ९:२४

काठमाडाैं। पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको जनाइएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जानकारी दिए।

उनका अनुसार सो वायुको प्रभावले देशभर चिसो बढेको छ। तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ। पूर्वी तराईका केही भूभागमा बाक्लो हुस्सु/कुहिरो लागेकोे छ।

बुधबारबाट मौसमी प्रणालीमा सुधार आउने जनाइएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियस रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *