ऐतिहासिक एवं पर्यटकीय गन्तव्य : बाइसधारा (फोटोफिचर)

डिसी नेपाल
३ पुष २०७६ ११:१७

काठमाडौं । काठमाडौं उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि बालाजु पर्दछ। बाजाजुस्थित बाइसधारा ऐतिहासिक महत्वको पर्यटकीय स्थल हो। बालाजु बाइसधारा उत्तरमा बाइपास, दक्षिणमा बालाजु औद्योगिक क्षेत्र र बोहोराटार, पूर्वतर्फ बालाजुकै स्थानीय बस्तीभित्रको करीब १६० रोपनी क्षेत्रफलमा फैलिएको यस बाइसधारा उद्यान(पार्क)मा आन्तरिक तथा बाहिरि पर्यटकको रोजाइको केन्द्र पनि हो।

 

विसं २०१८ जेठ २७ गते शिलान्यास भई २०२१ साल जेठ २७ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको सो उद्यान समयअनुसार महेन्द्र उद्यान, बालाजु पार्क, वाटरगार्डेन हुँदै हाल बाइधारा उद्यानका नामले परिचित छ। राजा प्रताप मल्लले सन् १६६० मा सानो बाल बूढानीलकण्ठ स्थापना गरेपछि जसको नामबाट सो स्थानको नाम बालाजु रहन गएको बताइन्छ।

वालाजुको वाइसधाराबारे ऐतिहासिक तथ्य खोज्दै जाँदा मल्लकालीन इतिहास खोतल्नु पर्ने हुन्छ। राजा जयप्रकाश मल्लले आफ्नो शासनकालमा सन् १७३६ मा सो क्षेत्र पानीको मुल फुटेर जताततै पानीले जलमग्न भएको कारणले पानी व्यवस्थापनका लागि पोखरी निर्माण गरी उक्त पोखरीबाट आएको पानीलाई निकासका रुपमा हात्तीको मुखाङ्कित २१ ढुङ्गेधारा निर्माण गरेका थिए। त्यसपछि सो स्थलको नाम बालाजु बाइसधारा रहन गएको हो।

धार्मिक उद्देश्यले पनि बालाजु उद्यान त्यत्तिकै महत्वपूर्ण छ। यस उद्यानभित्र रहेका कृष्ण मन्दिर, कुमारी स्थान, बाल बूढानीलकण्ठ, शीतलामाई मन्दिर र रत्नचूडेश्वर महादेवको दर्शन गर्न दैनिक सयौँ दर्शनार्थीको घुइँचो लाग्छ। चैत शुक्ल पूर्णिमामा बाइसधारामा स्नान गरेमा गोसाइँकुण्ड र मुक्तिनाथमा नुहाए बराबरको पुण्य प्राप्त हुनाका साथै लुतो, खटिरा जस्ता चर्म रोग हराउने भन्ने विश्वासका साथ लाखौँ भक्तजन यहाँ मेला भर्न आउँछन्।

कति दिनपछि आज मैले बालाजी देख्याँ
पृथ्वीतलभरिमा स्वर्ग हो जानी लेख्याँ
वरिपरि लहरामा भुलिबस्न्या चरा छन्
मधुर वचन बोली मन् लिँदा क्या सुरा छन् । (आदिकवि भानुभक्त आचार्य)

 

आदिकवि भानुभक्त आचार्य तनहुँदेखि काठमाडोँ आउने क्रममा जब बालाजु देखे तब रमाएर कविता नलेखी बस्नै सकेनन् । विसं २०५१ को भानुजयन्तीको अवसर पारेर यहाँ आदिकवि आचार्यको शालिक स्थापना गरियो। बालाजु उद्यान साहित्यकर्मीका लागि पनि त्यक्तिकै महत्वपूर्ण तीर्थस्थल हो । त्यसै गरी नेपाली महिलाको महान पर्व तीजमा पनि हजारौँ महिला यहाँ दर्शनका लागि आउने गर्छन् । विभिन्न धर्मावलम्बीले पुज्ने मन्दिरसँगै बौद्ध गुम्बा पनि रहनाले यहाँका बासिन्दाका बीचमा धार्मिक सद्भाव तथा सहिष्णुता रहेको पाउन सकिन्छ ।

बाइसधाराको महत्व सुनेर पग्नेहरुको लागि त्यहाँको अवस्थाले भने उत्साहित बनाउनुको सातो निराश बनाउछ । भुकम्पले क्षेती पु¥याएको यस क्षेत्रमा पुन निमार्णले गति लिएको छैन । उद्यानभित्र वनभोज, विवाह तथा व्रतबन्ध, भ्रमण जानेका लागि प्रवेश शूल्क लिने गरेपनि संरचनालाई व्यवस्थीत बनाउनुपर्ने विषयमा कसैको ध्यानकाषर्ण भएको देखिदैन ।

 

आजकाल वालाजु क्षेत्रमा डिप बोरिङ्ग निर्माण बढ्दै जाँदा पानीको मुल दविएको स्थानीयबासी बताउछन् । बाइसधारामा २२ वटा धारा भएपनि २१ वटा धारामा पानी आउदैन । जसले यस क्षेत्रको नामलाई नै गिज्याँइरहेको भान हुन्छ । पार्क परिसरमा रहेको माछा पोखरी पनि आकर्षण विहिन भएको छ । पौडी पोखरी पुन निमार्ण भएको छैन । भएको माछा पोखरीमा पानी धमिलो छ र माछा पनि छैनन् ।

 

नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा राजधानीकै आकर्षक ऐतिहासिक एवं पर्यटकिय गन्तव्य बाइसधार्रलाई काठमाडौं महानगरपालिकाको वातावरण विभागले रेखदेख गर्दै आएता पनि व्यवसथित देखिदैन । यो पार्कको जिम्मेवारी कस्ले लिने भन्ने अन्यौलताले पनि व्यवसतित हुन नसकेको देखिन्छ । सहरी विकास मन्त्रालय, पार्क व्यवस्थापनको काम काठमाडौं महानगरको हो भन्ने, महानगरले व्यवास्ता गर्दा युवा पुस्ताको रोजाईको पार्कको आकर्षण घट्दो छ ।

चैत शुक्ल पूर्णिमामा बाइसधारामा मेला लाग्दा मात्रै यस क्षेत्रलाई सिंगार्ने र सरसफाई गर्ने बाहेक अरु बेला वास्ता नहुने गरेको स्थानियको गुनासो छ। यो ऐतिहासिक एवं पर्यटकिय स्थललाई व्यवसथित बनाउन सके पर्यटकको आकर्षण बढ्ने देखिन्छ।

तस्बीर : रमण मानन्धर

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *