अस्ट्रेलियामा “भिजिट नेपाल” बारे बहस

डिसी नेपाल
५ पुष २०७६ ११:००

सिड्नी । अस्ट्रेलियामा हालै दर्ता भएको अस्ट्रेलियन नेपलिज जर्नालिस्ट एसोसियसन इन्कर्पोरेट ले यहाँ चर्चामा रहेका बिषयमा नया बहस शृंखला सुरु गरेको यो सस्था अस्ट्रेलियामा कार्यरत नेपाली पत्रकारहरुको पेशागत साझा सामाजिक सस्था हो पहिलो बहस शृंखलामा अर्को बर्ष भरि नेपालले मनाउने भिजिट नेपाल बारे सामाजिक सस्थाहरु तथा व्यक्तिहरुको धारणा के कस्तो भन्ने थियो

न्यु साउथ वेल्स का लागि नेपाली महाबाणिज्यदुत दीपक खड्का , गैर आवाशीय नेपाली संघ का उपाध्यक्ष मन के सी , हालै गैर आवाशीय नेपाली सघ ले निर्माण गरेका विश्वव्यापी टास्क फोर्सका संयोजक विजय पोखरेल , ओसियाना संयोजक दिनेश पोखरेल अस्ट्रेलियानेपाल यात्रा अभियानका संयोजक खेम शर्मा बक्ता थिए दुइ दर्जन नेपाली सामाजिक अगुवाहरु सहभागी बहसमा न्यु साउथ वेल्सका लागि नेपालका महाबाणिज्यदुत दीपक खड्काले पत्रकारहरु समाजका महत्वपूर्ण सहयात्री भएको बताए

उनले आगामी जनवरी मा सिड्नीमा हुने भिजिट नेपाल २०२० को शुभारम्भ कार्यक्रममा सक्रिय सहभागी हुन सबैलाई अनुरोध गरे उनका अनुसार उक्त दिन बिहान सिड्नीका बिभिन्न बस्तीहरुमा भिजिट नेपालसम्बन्धी प्रकाशन सामग्री वितरण गरिनेछ बिहान ११ बजे सिड्नीको सर्कुलर क्युएमा नेपाली पोशाक तथा झाकीहरु सहित सैयौ नेपाली उपस्थित हुनेछन , जहाँ नेपालका पर्यटन मन्त्री योगेश भट्टराई पनि सहभागी हुनेछन सोही रात न्यु साउथ वेल्स राज्यको राज्य संसद भवन भित्र विशेष समारोह आयोजना गरिएको

उक्त समारोहमा अस्ट्रेलिया नेपालका राजनीतिक नेताहरु , सरकारी कर्मचारीहरु , नेपाल भ्रमण गरेका अनुभबी अस्ट्रेलियन यात्रुहरु , यात्राअनुभव लेखकहरु , पत्रकारहरु , ट्राभल एजेन्टहरु लगायत नेपाली समाजका अगुवाहरु सहभागी हुने छन गैर आवाशीय नेपाली संघका उपध्यक्ष मन के सी ले आफ्नो सस्थाले विश्वब्यापीरुपमा भिजिट नेपाल नेपालसम्बन्धी छुट्टै टास्क फोर्स निर्माण गरेर अभियान अगाडि बढाएको बताए उनले २०२० भरी गैर आवाशीय नेपाली संघ भिजिट नेपालको प्रबर्दनमा लाग्ने बिचार ब्यक्त गरे

गैर आवाशीय नेपाली संघले निर्माण गरेको टास्क फोर्सका ग्लोबल संयोजक विजय पोखरेललेबुद्ध जन्मेको देश नेपाल विश्वको सुन्दर शान्त देश हो भनेर अभियानहरु संचालन गरिने बताए उनले आफु जनवरी मै नेपाल पुगेर भिजिट नेपालको अभियानमा सहभागी हुने जनवरी मा सिड्नीको कार्यक्रममा सहभागी हुन फर्किने बताए भिजिट नेपाल २०२० का लागि ओसियाना क्षेत्रमा गैर आवाशीय नेपालीहरुको संयोजनका लागि निर्माण भएको कार्यदलका संयोजक दिनेश पोखरेलले यो क्षेत्र भरिका देशमा भएका गैर आवाशीय नेपाली संघ कार्यसमिति तथा नेपाली सामाजिक सस्थाहरु संग मिलेर नेपालको पर्यटन प्रबर्दन का कामहरु गर्ने बताए

गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाले निर्माण गरेको अस्ट्रेलियानेपाल गौरवमय यात्राका संयोजक खेम शर्माले नेपालमा बिपतका बेला नेपालीहरु एक जुट भएर सहभागी भएजस्तै भिजिट नेपाल २०२०मा सामुहिक रुपमा एकै दिन नेपाल पुगेर एक्कैबद्दता जनाउनु पनि कर्तब्य भएको बताए

बिचार अंतर्क्रियामुखी उक्त कार्यक्रममा गैर आवाशीय नेपाली संघका न्यु साउथ वेल्स संयोजक देव गुरुङ , सिड्नी रेलका कर्मचारी नरेश अवाल, पर्यटन ब्यबशायि सुरेन्द्र सापकोटा , गैर आवाशीय नेपाली संघ का अन्तरास्ट्रिय समन्वय समितिका सदस्य अरुण ठाकुर , सिड्नी लाइट रेलका जनसम्पर्क अधिकृत अनन्त कार्की , नेपाली अस्ट्रेलियन युथ एसोसियसनका पूर्व अध्यक्ष कोमल पाठक बर्तमान अध्यक्ष प्रकाश अर्याल, गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाका कोशाध्यक्ष अनिल पोखरेल , अखिल क्रान्तिकारीका पूर्व सचिव दीपक पाण्डे तथा सदस्यहरु हेमन्त खड्का रेश्मा तिमिल्सिना लगायतको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता नेपलिज अस्ट्रेलियन जर्नालिस्ट एसोसियसनका अध्यक्ष हेमन्त काफ्लेले गरेका थिए उनले यस्तो बहस शृंखला निरन्तर जारी राखिने उनले बताए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *