किन बोलाइन् राष्ट्रपतिले शितल निवासमा नेकपाका नेताहरु ?

डिसी नेपाल
६ पुष २०७६ ८:४०

काठमाडौंं। राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ दलका नेता र केही मन्त्रीलाईसमेत शितल निवास बाेलाएको विषयले सोही दिनको पार्टी स्थायी कटिमीको बैठकमा उग्ररुप लिन पुग्यो।

राष्ट्रपति पदीय मर्यादा भन्दा बाहिर गई सक्रिय भूमिका निर्वाह गर्न खोजेकोले पार्टीलाई अप्ठेरो पर्न थालेको भन्दै बैठकमा चर्को आलोचना भयो।  पार्टी अध्यक्ष प्रचण्डलेसमेत आफूलाई जाकारी नदिइकन नेताहरु राष्ट्रपति भेट्न गएको भन्द बैठकमै आक्रोश व्यक्त गरे। आखिर राष्ट्रपतिले किन बोलाइन मन्त्री र नेताहरु?

यो प्रश्नको जवाफ पार्टी बैठकमा कसैले खाेजेनन्। बरु, गुटगट प्रभावका कारण राष्ट्रपति विरुद्ध खनिने विरुद्धको स्वर चर्को भयो। डिसी नेपालको खोजमा राष्ट्रपतिले अर्थ मन्त्री डा. युवराज खतिवडा, कृषिमन्त्री घनश्याम भुसाल र उर्जामन्त्री वर्षमान पुन वन मन्त्री शक्तिबहादुर बस्नेतसहितका नेकपाका नेताहरु सुरेन्द्र पाण्डे, देवेन्द्र पौडेल, देव गुरुङ, विष्णु रिमाल, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायतलाई बोलाउनुको पछाडि त्रिभुवन विश्व विद्यालयको दुई दिन अगाडि सम्पन्न दिक्षान्त समारोह र त्यसको तयारीका क्रममा राष्ट्रपतिलाई भएको ब्रिफिङसँग जोडिएको पत्ता लागेको छ।

त्रिभुवन विश्वविद्यालयका केही प्राध्यापकहरुले दिक्षान्त सामाराेहका सन्र्दभमा राष्ट्रपतिलाई भेट्दा देशको अर्थतन्त्रको बारेमा चिन्ता व्यक्त गरेका रहेछन्। राष्ट्रपतिले यही प्रसंग जोडेर विश्व विद्यालयका प्राध्यापकहरुले व्यक्त गरेको चिन्ता सही हो की होइन भन्ने जानकारी लिन चाहेकी थिइन्।

युवा र बौद्धिक साथीहरु तपाइँहरु सरकार र पार्टीमा हुनुहुन्छ। अरु युवा बौद्धिक साथीहरुलाई पनि एकै ठाउँ भेला गर्न चाहेकी थिएँ तर ठाउँको उपलब्धताकोे कारणले यहाँहरुलाई मात्र बोलाउन सकेँ। त्रिविको दिक्षान्तको बेला अर्थतन्त्रको समस्या सम्बन्धि कुरा सुनेपछि हुटहुटी पोख्न चाहेकी हुँ।’

र, मन्त्री र नेताहरुसँगको छलफल यही प्रसंग सुरु गर्दै बजेट र नीति तथा कार्यक्रममा देखिएका समस्याहरु अर्थमन्त्री र युवा नेताहरुले बुझ्नु जरुरी लागेकाले आफूले बोलाएको बताएकी थिइन्।

राष्ट्रपतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘युवा र बौद्धिक साथीहरु तपाइँहरु सरकार र पार्टीमा हुनुहुन्छ। अरु युवा बौद्धिक साथीहरुलाई पनि एकै ठाउँ भेला गर्न चाहेकी थिएँ तर ठाउँको उपलब्धताकोे कारणले यहाँहरुलाई मात्र बोलाउन सकेँ। त्रिविको दिक्षान्तको बेला अर्थतन्त्रको समस्या सम्बन्धि कुरा सुनेपछि हुटहुटी पोख्न चाहेकी हुँ।’

सहभागी सबैले राष्ट्रपतिको जवाफ दिन पाएनन्। पार्टीको बैठक सुरु भइसकेको भन्दै राष्ट्रपतिसँग फेरि छलफल गर्नेगरी छलफल टुंग्याउनु परेको थियो। राष्ट्रपति भण्डारीले नेताहरुलाई शनिबार विहान नौ बजे शितल निवास बोलाएकी थिइन्। स्थायी कमिटी बैठक शनिबार ११ बजे बोलाइएको थियो। नेताहरुले दुई घण्टामा भेटवार्ता सकिन्छ होला भनेर पार्टी अध्यक्षलाई खबर गरिनन्। तर छलफल गर्दा र खाना खाँदा ढिला भइसकेको थियो। उनीहरु पौने १२ बजे बैठकस्थलमा पुगेका थिए।

राष्ट्रपतिलाई भेटेर फर्किएका नेकपा नेता स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल भन्छन्–राष्ट्रपतिले बजेट र नीति तथा कार्यक्रमको विषयमा चासा राख्नु भएको हो।’

त्यसैमा छलफल भयो। नीति तथा कार्यक्रमसँग प्रत्यक्ष नजोडिएका भएपनि नेपकाभित्र पूर्वमाओवादी समूह, पूर्व एमालेका मावध नेपाल समूह र केपी ओली समूहका नेतालाई एउटै ठाउँमा भेला परेर छलफल गर्नुले उनले कार्यकारी अधिकार प्रयोग गर्न चाहेको आरोपलाई पुष्टि गर्ने आधार दिएको छ। तर, नेता पौडेल भने राष्ट्रपतिले राम्रो काम गर्न सुझाव र शुभकामना दिएको बताउँछन्। उनले डिसी नेपालसँग भने–राष्ट्रपतिले कुनै पनि विषयमा निर्देशन दिनु भएको छैन।’

पार्टी बैठकमा ढिला आएकोमा अध्यक्ष प्रचण्ड रिसाएको प्रसंग सार्वजनिक हुँदा नेता पौडले भन्छन्–राष्ट्रपतिकहाँ जान लागेको जानकारी अध्यक्षलाई गराएका हौं। राष्ट्रपतिले बोलाउनु भयो खाना खुवाएर पठाउनु भयो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *