नेपाल भम्रण बर्ष २०२०मा सघाउन साउदीका पत्रकारलाई राजदुतको आग्रह

डिसी नेपाल
६ पुष २०७६ २०:४२

रियाद । साउदीका लागि नेपाली राजदुत प्रा.डा. महेन्द्र प्रसाद सिंह राजपुतले नेपाल विदेशीहरुका लागि विदा मनाउने उपर्युक्त ठाउँ भएको बताएका छन् । नेपाल भ्रमण बर्ष २०२० को प्रवधनका लागि रियादमा गरेको अन्र्तक्रियात्मक कार्यक्रममा उनले नेपाल र साउदी अरबबीचको दौत्य सम्बन्धका विविध पक्षहरुमा समेत प्रकाश पारेका थिए ।

नेपाल भ्रमण बर्षलाई साउदीका मिडियाहरुबाट पनि प्रचार–प्रसार गरेर सहयोग गरि दिन समेत राजदुत सिंहले आग्रह गरे । उनले नेपाल र साउदीको सम्बन्ध विस्तारमा संचार माध्यामले अहम भुमिका रहेको पनि बताएका छन् ।

कार्यक्रममा पत्रकारहरुले नेपालको प्राकृतिक सम्पदा, साँस्कृतिक धरोहर, वनस्पति, वन्यजन्तु, हिमाल तथा पर्वतारोहण आदिका बारेमा जान्न विशेष अभिरूचि देखाएको दुतावासले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । उपस्थित पत्रकारहरुले २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने नेपाल सरकारको प्रयासलाई पूर्ण सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *