पीपीएल : पोखरा प्रतियोगिताकै सबैभन्दा कम रनमा समेटियो

डिसी नेपाल
७ पुष २०७६ १२:५६

पोखरा । पोखरामा जारि प्रिमियर लिग (पीपीएल) अन्तर्गतको आजको खेलमा पोखरा पल्टनले धनगढी ब्लुजलाई ८० रनको लक्ष्य दिएका छन् । टस जितेर ब्याटिङ रोजेको पोखरा प्रतियोगिताकै सबैभन्दा कम रनमै समेटियो । पोखरा १६ ओभर ३ बलमा ७९ रन बनाउँदै अल आउट हन पुग्यो ।

पोखराका लागि ओपनर कुशल भुर्तेल ६ रनमै आउट हुन पुगे । भने तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान शरद भेषवाकरको ब्याटिङ खराब रह्यो । उनी ४ रनमै दीपक पुनीयाको बलमा हिट विकेट भए । तेस्तै चौंथो नम्बरमा ब्याटिङ गर्न आएका रवि इन्दर सिंहले खाता खोल्न सकेनन् । पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका बिनोद भण्डारीको पनि खासै ब्याट चल्न सकेन । उनी १२ रन बनाउँदै अनिल खरेलको बलमा बोल्ड हुन पुगे ।

त्यस्तै कुशल मल्ल २ रन, कृष्ण कार्की १ रन र रोहितकुमार पौडेल शुन्य रनमै आउट भए । अर्का ओपनर आसिफ शेख इनिङलाई उकास्ने क्रममा २९ बलमा ३२ रन बनाउँदै अनिल खरेलको बलमा एलबी डब्लु धरापमा परे । त्यसैगरी नवौं नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका प्रथमेश डाकेको पनि ब्याटिङ चल्न सकेन । उनी दुई रनमै मैदान छोड्न पुगे । लतित राजवंशी १ रन र सर्वजित लड्डाले अविजित ४ रन बनाए ।

त्यस्तै धनगढीका लागि अनिल खरेलले ४ ओभरमा १५ रन दिँदै ३ विकेट लिए । त्यस्तै सागर ढकाल ४ ओभरमा १५ रन दिँदै २ विकेट, दीपक पुनीया ४ ओभरमा १३ रन २ विकेट, कमल सिंह ऐरी २ ओभर ३ बलमा २० रन दिँदै २ विकेट लिए ।

पोखरा र धनगढी दुबैका लागि प्लेअफमा जाने सम्भावना जिवितै राख्न जित्नै पर्ने दबाव रहेको छ । धनगढीका लागि सुरुवाती ११ मा कप्तान दिपेन्द्र सिंह ऐरी, विकेट किपर शुभेन्दु पाण्डे, सन्दीप जोरा, कमलसिंह ऐरी, मन्जीत श्रेष्ठ, अनिल खरेल, फिर्दोश अन्सारी, सागर ढकाल, रोड्रिगो थोम्सोन, दीपक पुनीया र अमित यादव रहेका छन् ।

त्यस्तै पोखराका लागि सुरुवाती ११ मा शरद भेषवाकर, विकेट किपर विनोद भण्डारी, कुशल भुर्तेल, रोहितकुमार पौडेल, ललित नारायन राजवंशी, मोहम्मद आसिफ शेख, कुशल मल्ल, प्रथमेश डाके, रवि इन्दर सिंह, सर्वजित लड्डा र कृश्न कार्की रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *