पीपीएल : धनगढीसँग पराजित हुँदै साविक विजेता पोखरा लिग चरणबाट बाहिरियो

डिसी नेपाल
७ पुष २०७६ १४:१७

पोखरा । पोखरामा जारि प्रिमियर लिग (पीपीएल) अन्तर्गतक पोखरा लिग चरणबाटै बाहिरिएको छ । सोमबार भएको खेलमा साविक विजेता पोखरा धनगढीसँग ५ विकेटले पराजित हुँदै लिग चरणबाट बाहिरिएको हो ।

पोखराले १६ ओभर ३ बलमा दिएको ८० रनको लक्ष्य धनगढीले ९ ओभर १ बलमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । यो जितसँगै धनगढीको प्लेअफमा जाने झिनो सम्भावना बाँकी नै छ ।

धनगढीका लागि ओपनर रोड्रगो थोमसले १० बलमा १५ रन बनाउँदै प्रथमेश डाकेको बलमा रोहत पौडेलको हातबाट क्याचआउट हुन पुगे । अर्का ओपनर दीपक पुनिया १६ बलमा २५ रन बनाउँदै सर्वजित लड्डाको बलमा कुशल मल्लको हातबाट क्याचआउट हुन पुगे । तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका कप्तान दीपेन्द्र सिंह ऐरी १० बलमा १३ रन बनाउँदै प्रथमेश डाकेको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए ।

त्यस्तै सुभेन्दु पाण्डे ११ रन बनाए भने सन्दीप जोरा २ रनमै आउट हुन पुगे । त्यस्तै मञ्जीत श्रेष्ठले अविजित ९ रन बनाए भने अमित यादवले अविजित ६ रन बनाए ।

पाेखराका लागि प्रथमेश डाकेले ४ ओभरमा २९ रन दिँदै २ विकेट लिए । त्यस्तै सर्वजित लड्डाले २ ओभर १ बलमा २२ रन दिँदै २ विकेट लिए भने ललित नारायण राजवंशी २ ओभरमा १२ रन दिँदै १ विकेट लिए ।

पोखराका लागि ओपनर कुशल भुर्तेल ६ रनमै आउट हुन पुगे । भने तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान शरद भेषवाकरको ब्याटिङ खराब रह्यो । उनी ४ रनमै दीपक पुनीयाको बलमा हिट विकेट भए । तेस्तै चौंथो नम्बरमा ब्याटिङ गर्न आएका रवि इन्दर सिंहले खाता खोल्न सकेनन् । पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका बिनोद भण्डारीको पनि खासै ब्याट चल्न सकेन । उनी १२ रन बनाउँदै अनिल खरेलको बलमा बोल्ड हुन पुगे ।

त्यस्तै कुशल मल्ल २ रन, कृष्ण कार्की १ रन र रोहितकुमार पौडेल शुन्य रनमै आउट भए । अर्का ओपनर आसिफ शेख इनिङलाई उकास्ने क्रममा २९ बलमा ३२ रन बनाउँदै अनिल खरेलको बलमा एलबी डब्लु धरापमा परे । त्यसैगरी नवौं नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका प्रथमेश डाकेको पनि ब्याटिङ चल्न सकेन । उनी दुई रनमै मैदान छोड्न पुगे । लतित राजवंशी १ रन र सर्वजित लड्डाले अविजित ४ रन बनाए ।

त्यस्तै धनगढीका लागि अनिल खरेलले ४ ओभरमा १५ रन दिँदै ३ विकेट लिए । त्यस्तै सागर ढकाल ४ ओभरमा १५ रन दिँदै २ विकेट, दीपक पुनीया ४ ओभरमा १३ रन २ विकेट, कमल सिंह ऐरी २ ओभर ३ बलमा २० रन दिँदै २ विकेट लिए ।

५ खेल खेलेको पोखराले ४ खेलमा पराजित र १ खेलमा मात्रै विजयी हाँसिल गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *