प्रगतिशील नेपाली समाज भारतको संगठन विस्तारमा तिव्रता

डिसी नेपाल
७ पुष २०७६ १७:२१

नयाँ दिल्ली । समाजवादी पार्टी नेपाल निकट प्रगतिशील नेपाली समाज भारतले दिल्ली राज्यहरूमा संगठन विस्तार तथा एकता बैठक बसि दिल्ली राज्य समितिको घोषणा कार्यक्रम गरेको छ ।

आइतबार दिल्लीको बहादुरगडमा भएको राज्य घोषणा सभामा संगठनका केन्द्रिय सदस्य तथा नव मनोनीत दिल्ली राज्य अध्यक्ष रतन महरको अध्यक्ष्यतामा कार्यक्रमको सञ्चालन भएको थियो ।

कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष प्रकाश नेपाली प्रमुख अतिथिको रुपमा रहेका थिए । त्यस्तै विशेष अतिथिहरुमा केन्द्रीय उपाध्यक्ष तथा दिल्ली राज्य इन्चार्ज विरेन्द्र सिंह ,संगठनका संस्थापक कृष्ण खड्का, अतिथिमा सचिव गणेश अधिकारी र प्रवक्ता गोकुल भुजेल थिए ।

उनीहरूले समग्र देशको पछिल्लो राजनीतिक घटनाक्रम र भारतमा रहेका नेपालीका समस्या औँल्याउँदै समसामयिक विषय वस्तुमा आफ्ना मन्तव्य राखेका थिए ।

गत आइतबार फरिदावादस्थित दिल्ली राज्य इन्चार्ज बिरेन्द्र सिंहको निवासमा दिल्ली राज्यमा आफ्नो संगठनको बिस्तार र सुदृढीकरण सहितका बिबिध एजेन्डामा संगठनका शीर्ष नेतृत्वहरूको छलफल तथा एकता बैठक बसेको थियो।

सोही बैठकको निचोडबाट  मनोनीत भएका रतन महरलाई दिल्ली राज्यको अध्यक्षको कार्यभार दिने आन्तरिक सहमति अनुसार बहादुरगडमा भएको घोषणा भेलाले अनुमोदन गरि रतन महरको अध्यक्षतामा १७सदस्यीय राज्य समिति गठन गरिएको थियो । राज्य इन्चार्ज बिरेन्द्र सिंहले कार्यक्रममा घोषणा गरेका थिए।

कार्यक्रमको सञ्चालन ज्ञान प्रसाद पाण्डेले गरेका थिए । सभामा घोषित राज्य संरचनाको अध्यक्षमा रतन महर ,उपाध्यक्षमा थानेश्वर भण्डारी, सचिवमा अर्जुन दाहाल र कोषाध्यक्ष ज्ञान प्रसाद पाण्डे रहेका छन्।

त्यसैगरी सदस्यहरूमा रुचि सिंह (मन्जुसा शाह )  विकाश विक, लाल बहादुर खड्का, राम भण्डारी, गगन चनारा, लक बिक, अर्जुन आग्री, हेमलाल पन्थ, मिना खत्री र अशोक सार्की छन् भने बाकी तीनजना विद्यार्थी, जनजाति र मधेसको प्रतिनिधित्व हुनेगरि थप्ने सहमति भएको छ।

प्रगतिशील नेपाली समाज भारतको दिल्ली राज्य समितिको ऐतिहासिक संगठन निर्माणको अभ्यासको दोस्रो अध्यायको सफलता पछि बाँकी चुनौती र सम्भावनाहरु संग मितेरी लगाउदै राज्यस्तरीय एकता तथा घोषणा सभा सम्पन्न भएको संगठनका प्रवक्ता गोकुल भुजेलले बताएका छन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *