चितवनद्वारा काठमाडौंलाई १६८ रनको लक्ष्य, बाबर र मुस्तफाको अर्धशतक

डिसी नेपाल
८ पुष २०७६ १३:१७

पोखरा । पोखरामा जारि प्रिमियर लिग (पीपीएल) अन्तर्गत आजको खेलमा चितवन राइनोजले काठमाडौं गोल्डेन वारियर्सलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको चितवन राइनोजले २० ओभर पुरा खेल्दै ४ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको हो ।

चितवनका लागि ओपनिङमा ब्याटिङ गर्न आएका करन केसी १ रनमै आउट हुन पुगे । भने अर्का ओपनर रोहन मुस्तफाले अविजित ५२ बलमा ६ चौका र १ छक्काको मद्दतले ५९ रन बनाए ।  तेस्रो ठाउँमा ब्याटिङ गर्न आएका ब्याट्सम्यान बाबर हायातले उत्कृष्ट पारी खेले । उनले ४७ बलमा ३ चौका ६ छक्काको मद्दतले ७० रन बनाउँदै बसन्त रेग्मीको बलमा बोल्ड हुन पुगे ।

चौंथो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका आरिफ शेख ९ बलमा १५ रन बनाउँदै अमर सिंह रौटेलाको बलमा गौरभ तोमारको हातबाट क्याच आउट भए । त्यस्तै सन्नी पटेल ८ बलमा १५ रन बनाउँदै रन आउट हुन पुगे ।

त्यस्तै काठमाडौका लागि सुशान भारी, बसन्त रेग्मी अमर सिंह रौटेलाले समान एकएक विकेट लिए । चार खेल खेलेको चितवन चारै खेलमा जित हाँसिल गर्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने चार खेल खेलेको काठमाडौं २ जित र २ हारसहित अंक लालिकाको तेस्रो स्थानमा छ ।

काठमाडौंलाई प्लेअफमा प्रवेश गर्न यो खेल जित्नै पर्ने दवाव छ । भने चितवन लिग चरणको एक खेल अगाडि नै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *