काठमाडौंलाई पराजित गर्दै चितवन फाइनल प्रवेश

डिसी नेपाल
८ पुष २०७६ १४:५९

पोखरा । पोखरामा जारि पाेखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी अन्तर्गत चितवन राइनोज फाईनल प्रवेश गरेको छ । मंगलबार भएको खेलमा काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनले पराजित गर्दै चितवन फाइनल प्रवेश गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले पुरा ओभर खेल्दै १ सय ६७ रन बनाएको थियो । लक्ष्य पच्छ्याउँदै मैदान प्रवेश गरेको काठमाडौंले लक्ष्य भेट्टाउन सकेन । काठमाडौंले २० ओभर पुरा खेल्दै ९ विकेटको क्षतिमा १ सय ७ रन मात्रै बनाएको थियो ।

चितवनका लागि ओपनिङमा ब्याटिङ गर्न आएका करन केसी १ रनमै आउट हुन पुगे । भने अर्का ओपनर रोहन मुस्तफाले अविजित ५२ बलमा ६ चौका र १ छक्काको मद्दतले ५९ रन बनाए । उनको ठाउँमा ब्याटिङ गर्न आएका ब्याट्सम्यान बाबर हायातले उत्कृष्ट पारी खेले । उनले ४७ बलमा ३ चौका ६ छक्काको मद्दतले ७० रन बनाउँदै बसन्त रेग्मीको बलमा बोल्ड हुन पुगे ।

चौंथो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका आरिफ शेख ९ बलमा १५ रन बनाउँदै अमर सिंह रौटेलाको बलमा गौरभ तोमारको हातबाट क्याच आउट भए । त्यस्तै सन्नी पटेल ८ बलमा १५ रन बनाउँदै रन आउट हुन पुगे ।

त्यस्तै काठमाडौका लागि सुशान भारी, बसन्त रेग्मी अमर सिंह रौटेलाले समान एकएक विकेट लिए ।

१ सय ६८ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको काठमाडौंको सुरुवात एकदमै खराव रह्यो । ओपनर जयकिसन कोल्सावाला र अमित श्रेष्ठ दुबैले खाता खोल्न सकेनन् । तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका कप्तान ज्ञानेन्द्र मल्ल इनिङलाई उकास्ने क्रममा ३९ बलमा ४० रन बनाउँदै भुवन कार्कीको बलमा पारसको हातबाट क्याचआउट हुन पुगे ।

चौंथो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका गौरभ तोमारले ६ रनमै पेभेलियन फर्किए । त्यस्तै पवन सर्राफले १९ बलमा २७ रन बनाउँदै राम नरेश गिरीको हातबाट बोल्ड भए । छैटौं नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका पृथु बास्कोटा २३ बलमा १८ रन, दिपेश भण्डारी २ रन, अमर सिंह रौटेला ४ रन, बसन्त रेग्मी शुन्य र अमृत भट्टराईले अविजित ६ रन बनाए ।

त्यस्तै चितवनका लागि बलिङमा सन्नी पटेल ४ ओभरमा १९ र ३ विकेट, रोहन मुस्तफा ४ ओभरमा १ मेडनसहित १२ रन दिँदै २ विकेट लिए । त्यस्तै करन केसी, भुवन कार्की, राम नरेश गिरी र पारस खड्काको नाममा समान एकएक विकेट रह्यो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *