अमेरिकाको न्यु हेम्पशायर राज्यमा उधौली सँगै यलम्बर नाइट भब्य रुपमा सम्पन्न

डिसी नेपाल
११ पुष २०७६ ९:१२

वाशिंगटन डिसी। युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका केन्द्रीय समितीको संयोजन र न्यु इंग्ल्याण्ड च्याप्टरको आयोजनामा न्यु हेम्पशायर राज्यमा भब्य रुपमा किरात राई हरुको चाड उधौली सँगै यलम्बर नाइट हालै सम्पन्न भएको छ ।

उक्त सभामा प्रमुख अतिथीको आसनबाट बोल्दै आदिवासी जनजाती महासंघ अमेरिका (फिपना)का सभापति लोक चेम्जोङ्गले नेपालका आदिवासी जनजाती हरुको संस्कार, संस्कृती, चाडहरु संसारमा फैलिनुका साथै यसले सचेतना र जनजागरणको काम गरेको बताए । उनले नेपालका आदिवासी जनजाती हरुको अधिकारका लागि संसारमा रहेको आदिवासी जनजातीको संस्थाहरुलाई ग्लोबलाइजेसन गरेर एक बृहत संगठन बनाउनु पर्ने चर्चा भैरहेको बताए । सभापतीको आसनबाट बोल्दै UKROA का केन्द्रिय सभापति मुना राईले हामी नेपालीहरु संसारको जुनसुकै भागमा रहे पनि आ-आफ्नो संस्कार संस्कृती आफु सँगै लगिएको हुनाले यो सात समुन्द्र वारी पनि किरात राई हरुको साकेला उधौली उभौली मनाउने गरिएको बताइन । उनले हाम्रो संस्कार संस्कृती भावी पुस्तालाई हस्तान्तरण गर्नु पर्ने दायित्व हाम्रो भएकोले सबै नेपालीले आफ्नो दायित्व बिर्सन नहुने बताइन्।

दुई चरणमा गरिएको उक्त कार्यक्रमको पहिलो चरणमा तयामा खियाम रैछाकुले र यलम्बरको तस्विरमा माल्यार्पण तथा अदुवा, जाँडले विधिवत पितृ पुजा गरी कार्यक्रमको शुरुवात गरिएको थियो । अर्गनाइजेसनका न्यु इंग्ल्याण्ड च्याप्टर सभापति ले आफ्नो स्वागत मन्तव्य राख्दै न्यु हेम्पशायर राज्य मा रहेको बिभिन्न संघ संस्था हरुको सहयोग सद्भावनाको सराह्नना गरे । उक्त समारोहमा नेपालबाट भर्खरै यस राज्यमा आएका किरात राईहरु दङ्ग कुमारी राई ,राजेश राई शहिद भूमी गाउपालिका धनकुटा,निरन राई, सबिना राई धरान सुनसरीलाई खादा ओढाएर स्वागत गरिएको थियो भने अर्गनाइजेसनको सदस्य यु एस आर्मीको आधारभूत तालीम सकेर आउनु भएका सुप्रिम राईलाई प्रमाण पत्र र खादा ओढाएर सम्मान गरिएको थियो । पहिलो सभाको संचालन अर्गनाइजेसनका न्यु इंग्ल्याण्ड च्याप्टर महासचिव शेखर राईले संचालन गरेका थिए । एन आर एन लगाएत बिभिन्न नेपाली संघ सस्थाको प्रतिनिधी हरुलाई आसन ग्रहण सहित खादा ओढाएर सम्मान गरिएको थियो ।

सो कार्यक्रममा न्यु हेम्प्शायर नेपाली कम्युनिटिका अध्यक्ष सोम गुरुङ,एन आर एन ए न्यु हेम्प्शायर च्याप्टर अध्यक्ष डम्बर डरिया,अन्तररास्ट्रिय साहित्य समाजका अध्यक्ष हरिमाया अधिकारी,प्रमुख सम्पादक इश्वरी भट्ट,तमु समाज न्यु हेम्प्शायर अध्यक्ष छत्र कुमारी गुरुङ,बोस्टन तमु समाजका अध्यक्ष मीन गुरुङ,जनजाती महासंघ न्यु हेम्प्शायर च्याप्टर अध्यक्ष सुन्दरी गुरुङ,बोस्टन मगर समाजका अध्यक्ष सरिना राना मगर, बुद्द समाज न्यु हेम्प्शायर का प्रमुख सल्लाहकार लोक लामा,युनाइटेड किरात राई अर्गनाइजेसनका न्यु योर्क च्याप्टर सभापति केशबराम राई, अन्तररास्ट्रिय मार्सल आर्ट्स एसोसियसन न्यु योर्क प्रोपाइटर तथा करातेका अन्तररास्ट्रिय रेफ्री पर्खि खालिङ्ग राई लगायतको उपस्थिति रहेको थियो।  ।


दोश्रो शेसन सांस्कृतिक कार्यक्रमको थियो र यसको संचालन अर्गनाइजेसनका महासचिव जय राई र संयोजन सल्लाहकार धौलवीर राईले गरेका थिए । बिभिन्न गीत र नृत्यले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो । कार्यक्रममा प्रस्तुत नृत्यको कोरियो ग्राफर भिम मगर थिए, नृत्य मा कृतिका, सबिता, बसन्ती, कन्चन गुरुङ, इन्दु गुरुङ, शुभना, श्रीजना, प्रतीक्षा, देश, सबिन, उदय, निर्जन, माया, कन्चन गुरुङ, इन्दु गुरुङ, लगाएत थिए भने गायनमा ज्योजो लिङ्ग राई,राकेश राई बसन्ती राई,चन्द्र राई थिए । बासुरी धुन कर्ण राई र सहयोगीहरु साइमोन राई, स्मिथ गुरुङ, राजेश राई थिए । डिजे राजेन्द्र राई थिए । उक्त कार्यक्रममा नेपालका पर्यटन दुत मिसेस नेपाल टुरिजम २०१९ छिरिङ्ग डोल्मा शेर्पाले भिजिट नेपाल २०२० को फ्लेयर बाडेकी थिइन् ।  उक्त कार्यक्रमलाई किरात राई सोसाइटी अफ अमेरिकाका अध्यक्ष राम राइले शुभ कामना शन्देश पठाएका थिए । त्यसरी नै युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका डि एम भी पी लोकल च्याप्टर,क्यालीफोर्निया लोकल च्याप्टरले समेत शुभ कामना संदेश पठाए । न्यु योर्क लोकल च्याप्टरबाट केशब राम राईको नेतृत्वमा थुप्रै सहभागी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *