अमेरिकाको बाल्टिमोरमा तमु समाजले ल्होसार कार्यक्रम गर्ने

डिसी नेपाल
११ पुष २०७६ २२:३०

वाशिंगटन डिसी, अमेरिका । तमु समाज बाल्टिमोरले तमु (गुरुङ) समुदायको नयाँ बर्ष ल्होसार पर्वका अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ ।

तमु समाजको उक्त ल्होसार कार्यक्रम अगामी जनवरी ४ तारिख शनिबारका दिन साँझ ८ बजे शुरु हुने तमु समाज बाल्टिमोर अमेरिकाका अध्यक्ष दिनेश गुरुङले बताए ।

उक्त कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रम पनि हेर्न पाईने छ । तमु समुदायले हरेक पौष १५ गतेलाई आफ्नो नयाँ बर्ष ल्होसारको रुपमा मनाउँदै आएको छ ।

विदेशी भुमिमा रहेर पनि आफ्नो संस्कृती परम्परा भेषभुषालाई निरन्तरता दिँदै नयाँ पिढीलाई थाहा दिन यस्ता कार्यक्रमको आयोजना गरिएको र सबै दाजुभाई तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भै मनोरन्जन लिंदै कार्यक्रमको शोभा बढाई दिनुहुन संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार कुल गुरुङ्ले डिसी नेपाल मार्फत अनुरोध समेत गरेका छन्।

कार्यक्रम भेन्यु:

मिति: January 04, 2020 (Saturday)
समय: 08:00 pm – 12:00 A.M.
स्थान: American Legion
125 York Rd, Baltimore MD 21204




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *