मोहनले हराए जापानी बक्सरलाई

डिसी नेपाल
१४ पुष २०७६ ४:२१

टोकियो, जापान । किक बक्सिङ खेलका नेपाली खेलाडी मोहन ड्रागनले जापानी बक्सरलाई पराजित गरी बिगव्याङ ३७ को उपाधि जितेका छन् ।

नेपाली झण्डा फहराउदै रिङमा गएका उनले तीन चरणको भिडन्तमा जापानी बक्सरलाई हराउन सफल भएका थिए ।खेल टोकियो डोममा रहेको कुराकोएन हलमा भएको थियो । निर्णायकले प्रदर्शित खेलका आधारमा उनलाई विजयी घोषणा गरेका थिए ।

तीन मिनेटको एकचरण हुने सो खेलको पहिलो र दोस्रो चरणमा उनी जापानी खेलाडीमाथि हाबी देखिए। तेस्रो खेल निकै प्रतिष्पर्धात्मक भएको थियो । दुबै खेलाडीले एक अर्काेलाई ढाल्न नसकेपछि खेलको आधारमा मोहन महर्जन बिजयी बन्न पुगेका थिए।

महर्जनको खेल हेर्न ठूलो संख्यामा जापानबासी नेपाली हलमा पुगेका थिए । जापानमा जितेको प्रतिष्ठित खेलमा उनले नगद पुरस्कार न प्रमाणपत्र पाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *