‘यात्रा’ लिएर आए प्रताप दास [भिडियो]
काठमाडौं। ‘यात्रा’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतमा प्रताप दास र पूजा केप्छाकी मगरको स्वर छ।
सत्यराज एसारसीको शब्द र सरोज पोखरेलको संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन छ। सुरेन्द्र बसेलको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा करुणा श्रेष्ठ र प्रकाश रामदाम फिचर्ड छन्। गीतको अडियो र भिडियो दुवैको मेकिङ्ग राम्रो छ।

मुस्ताङका रमणीय स्थानहरुमा बुद्ध थापाले भिडियो खिचेका हुन्। नविन निरौलाले भिडियोको सम्पादन गरेका हुन्।
गायक प्रताप दासले विगतका सिर्जनाझै यो गीतलाई पनि दर्शक तथा श्रोताले साथ दिने विश्वास व्यक्त गरे। भिडियोलाई सुन्दर बनाउन निकै मेहनत गरेको निर्देशक बसेलको भनाई थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment