अनुदानको सोलारमा ठगिएको रकम फिर्ता

डिसी नेपाल
१५ मंसिर २०७६ १८:१६

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–५ का १ सय ८१ घर परिवारलाई दिइएको अनुदानको सोलारमा ठगिएका दलित र जनजातिले रकम फिर्ता पाएका छन् ।

‘हाम्रो साझा बहुउद्देश्यीय सहकारी संस्था’, जुम्लाको पहलमा सो रकम फिर्ता हुने भएको संस्थाका अध्यक्ष मनसुर सुनारले बताए।

सोलारमा ठगी गर्ने मीनवहादुर मल्लले सबै वडाबाट सङ्कलन गरेको रकम दिने बाचा गरेको जनाइएको छ । अध्यक्ष सुनारले दलित समुदायको हकहितका लागि काम गर्न गठन गरिएको सहकारी संस्थाको प्रयासमा रकम फिर्ता गर्ने कार्य सुरु गरिएको बताए ।

दलित र जनजातिबाट मल्लले १ हजार ५ सय प्रति सोलारबाट सङ्कलन गरिएको थियो । चन्दननाथ नगरपालिकामा मल्लले १ हजार सोलार वितरणबाट १५ लाख दलित र जनजातिबाट लिएको जनाएको छ । नगरपालिकाको न्यायिक समितिले पाँच पटकसम्म छलफल गर्दा रकम दिन नमानेपछि छैटौँ पटक बसेको न्यायिक समिति बैठकले मल्ललाई अदालत पठाउने निर्णय गरेको थियो ।

जुम्लामा २ हजार २ सय १ वटा अनुदानका सोलार ल्याइएकामा नगरपालिकामा १ हजार, गुठीचौर गाउँपालिकामा १ सय ५० र तातोपानी गाउँपालिकामा ४ सय ७० सोलार वितरण भएको थियो । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *