तेह्रौँ साग : महिला टिम कातामा नेपाललाई स्वर्ण पदक

डिसी नेपाल
१६ मंसिर २०७६ १३:१३

काठमाडाैं। तेह्रौँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण पदक हात पारेको छ।

सातदोबाटोस्थित कराँते हलमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई पराजित गर्दै स्वर्ण पदक हात पारेको हो । नेपाले २४.८८ अङक ल्याउँदा रजत जितेको पाकिस्तानले २३.३ अङ्क प्राप्त गर्यो । नेपाली टिममा निर्मला तामाङ, सङ्गीता मगर र सरु कार्की थिए।

समूह चरणको खेलमा नेपालले २४.७४, बङ्गलादेशले २४.०८, पाकिस्तानले २५.१४ र श्रीलङ्काको टिमले २२.२५ प्राप्त गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *