१३औँ साग : उसु थाउलोमा नेपाललाई २ स्वर्ण

डिसी नेपाल
१७ मंसिर २०७६ १०:३४

काठमाडौँ । उसुको थाउलोमा नेपालले २ स्वर्ण पदक जित्न सफल भएको छ ।

मंगलबार बिहानै लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा भएको उसु थाउलोमा नेपाली खेलाडी विजय सिञ्जाली र सुस्मिता तामाङ्ले एक-एक स्वर्ण पदक जितेका हुन् ।

यो सँगै नेपालले १७ स्वर्णपदक जितेको छ ।

आज थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा भएको हो ।

१३औँ सागको खेल अन्तर्गत आज नेपालले २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *