साँघुरो ठाउँ, फराकिलो कर सङ्कलन लक्ष्य

डिसी नेपाल
१७ मंसिर २०७६ १९:०३

बलेवा । भूगोलको अनुपातमा बागलुङ जिल्लामा जनसङ्ख्या कम छ । यहाँ ५ हजार जति व्यावसायिक प्रतिष्ठानहरु छन् । अधिकाँशले कर तिर्छन् ।
बागलुङ र आसपासका जिल्लामा व्यावसायिक प्रतिष्ठानहरु कमै मात्र खुलेका छन् तर पनि, यहाँका व्यवसायीहरु सहज रुपमा कर तिर्न पाएर उत्साहित छन् ।

आन्तरिक राजश्व कार्यालय बागलुङमा पुगेर आम नागरिक र व्यवसायीले कर तिर्न थालेका कारण चालु आर्थिक वर्ष एक अर्ब भन्दा बढी कर सङ्कलन हुने लक्ष्य राखिएको छ । चालु वर्षको अन्त्यसम्म बागलुङस्थित कार्यालयले यस्तो लक्ष्य राखेको कार्यालय प्रमुख हेमराज सुवेदीले बताए ।

आठ वर्षअघि बागलुङका करदाताहरुले पोखरा पुगेर कर तिर्नुपर्ने बाध्यता थियो । सामान्य कर तिर्न पनि दिन बिताएर पोखरा पुग्नु पर्ने समस्यालाई ध्यानमा राखेर बागलुङमा करदाता सेवा कार्यालय स्थापना गरिएको थियो । उक्त कार्यालयबाट समेत अपेक्षा गरेअनुसार काम नभएपछि गत वर्षको भदौमा बागलुङमै आन्तरिक राजश्व कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापना भएको एक वर्षमै १ अर्ब कर जिल्लाबाटै सङ्कलन हुने अवस्था सिर्जना भयो ।

नेपाल सरकारले व्यवसायी, जागीरे र कारोबार गर्ने सबैले पान नम्बर लिनुपर्ने व्यवस्था अनिवार्य गरेपछि यो क्रम झन् बढेको छ । गत वर्ष नै लक्ष्यको ४२ प्रतिशत कर सङ्कलन भएको थियो । बागलुङमा चालु आवको पहिलो चार महिनामा मात्र १२ हजार करदाता सूचीकृत भएका छन् । लक्ष्यभन्दा धेरै कर सङ्कलन पनि भैसकेको छ । बागलुङमा १८ हजार ३ सय संस्थागत करदाता छन् भने व्यक्तिगत पान नम्बर लिनेको सङ्ख्या १९ हजार १ सय पुगेको छ।

पोखरा जानुपर्ने बाध्यता हटेर जिल्लाबाटै कर तिर्न पाएपछि सेवाग्राही पनि खुशी छन् । “हामीले पोखरा पुगेर कर तिथ्र्यौ, अहिले यहीँ तिर्न पायौं,” सिवाइसी सहकारी संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माले भने – “कर धेरै तिरेर उत्कृट करदाताका रुपमा पुरस्कृत पनि भयौं ।” यसअघि पान नम्बर लिन पनि पोखरा जानु पथ्र्यो र धेरैले लिएका थिएनन् ।

सेवाग्राहीमै जागरण आएपछि गत आव ५१ करोडको लक्ष्य राखिएकामा ४२ प्रतिशत बढी सङ्कलन गर्न सकिएको थियो । गत आव ६८ करोड १८ लाख कर सङ्कलन भएकाले चालु आव ४१ प्रतिशत वृद्धि गरेर ९६ करोड ५४ लाख पु¥याउने लक्ष्य लिइएको सुवेदीले बताए । कार्यालयले उक्त लक्ष्यलाई पनि नाघेर एक अर्ब राजश्व सङ्कलन गर्नसक्ने सम्भावना रहेको बताइन्छ । आम नागरिकमा कर तिर्नुपर्छ भन्ने भावना विकास भएकाले लक्ष्यहरु वर्षेनी बढेर गएको उनको ठम्याइ छ ।

कार्यालयमा चालु आवको पहिलो चार महिनामै पनि ५० प्रतिशतभन्दा बढी कर सङ्कलन भैसकेको छ । चार महिनाका लागि राखिएको २४ करोड ५८ लाख करको लक्ष्यमा ३५ करोड ५ लाख सङ्कलन भैसकेको छ । उत्कृष्ट करदातालाई पुरस्कृत गर्ने, सबै स्थानीय तहमा उद्योग वाणिज्य सङ्घको सहकार्यमा कर शिक्षा सञ्चालन गर्ने र साझेदारीमा काम गर्ने अभियान चलाएपछि कर तिर्नेको लर्को लागेको कर अधिकृत सुन्दर श्रेष्ठले बताए । कार्यालय प्रमुखसहित दुई जना कर अधिकृत र अन्य कर्मचारीलाई भ्याइनभ्याई छ । सरकारले कर सङ्कलनको लक्ष्यसमेत बढाएपछि कार्यालयले पनि लक्ष्य भेट्न सक्रियता बढाएको सुवेदीको भनाइ छ ।

“हामीले नेपाल बैंक, उद्योग वाणिज्य सङ्घ र सञ्चार क्षेत्रको सहकार्यमा कर शिक्षा र करदातालाई सहजीकरण गराएका छौं,” सुवेदीले भने – “अहिले देशभरका शाखामध्ये उत्कृष्टमा परिरहेका छौं ।” बागलुङस्थित कार्यालयमा उद्योग वाणिज्य सङ्घले कर्मचारी खटाएर करदातालाई फाराम भर्न लगाउने र प्रकृयाबारे बुझाउने गर्दैआएको छ । “कार्यालयबाट आग्रह भएपछि हेल्प डेक्स राखेर काम थालेका छौं,” सङ्घका अध्यक्ष युवराज राजभण्डारीले भने – ‘करदाता र व्यवसायीलाई यसले थप सहयोग मिलेको छ ।” कार्यालयमा पुगेर व्यवसायीले कर तिर्न सहज भएको उनको अनुभव छ । कार्यालयले पनि दुई मिनेटभित्रै सबै प्रकारका फाइल खोज्न सक्ने भएको सुवेदीको दाबी छ ।

उनले भने – “हामीले पोखराबाट सबै फाइल ल्याएका हौं तर, कम्प्युटर प्रविधिबाट दुई मिनेटमा सबै सेवाग्राहीको काम गरिदिन सक्छौं ।” कर तिर्ने र पान नम्बर लिने काम पनि छोटो अवधिमै पूरा हुने उनले बताए ।

यसअघि नगदमा कर बुझ्ने काम भइआएकामा कार्यालयमै नेपाल बैंकले काउन्टर स्थापना गरिदिएको छ । साउनदेखि सेवाग्राहीले भौचर मात्र बुझाए हुने भएको छ । “सेवाग्राहीले दुःख नपाऊँन् भनेर कार्यालयको अनुरोध अनुसार काउन्टर राखेका छौं,” नेपाल बैंक लिमिटेड बागलुङका प्रबन्धक दुर्गाप्रसाद अर्यालले भने – “काउन्टरले सेवाग्राहीको समय बचत पनि भएको छ ।”

बैंकमा लाग्ने भीड पनि काउन्टरले घटाएको छ । कार्यालयले नियमित रुपमा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सबै स्थानीय तहसम्म कर शिक्षा सञ्चालन गरिरहेको छ । व्यवसाय सञ्चालन गर्नेलाई पान र भ्याटमा दर्ता गर्न जागरुक गराइएको उनले बताए । आर्थिक बर्ष २०७२÷७३ देखि तुलनात्मक रुपमा कर सङ्कलन बढ्न थालेकामा कार्यालयको बढुवापछि यो क्रम दोब्बर भएको हो । चालु वर्षदेखि साना व्यवसायीहरुले पनि कर तिर्न थालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *