१३औँ साग : रेफ्रीले स्वर्ण पदक नदिएपछि खेलाडी धर्नामा

डिसी नेपाल
१८ मंसिर २०७६ १०:५८

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज बुधबार भएको खेलमा विवाद उत्पन्न भएको छ ।

लगनखेलस्थित नेपाल आर्मीको कभर्डहलमा ताइजिजान थाउलोतर्फको खेलमा रेफ्रीले धाँदली गरेर श्रीलंकालाई स्वर्ण दिएको भन्दै नेपाल र भारतका खेलाडीले विरोध जनाएका हुन् । विवादपछि अहिले खेल रोकिएको छ ।

श्रीलंकाले स्वर्ण पाएपछि नेपालका खेलाडी हरि प्रसाद गोलेले म्याटमै बसेर धर्ना दिएका छन् भने दर्शकले म्याटमै पानीका बोतल फ्यालेका छन्।

यो ताइजिजान थाउलोतर्फको खेलमा श्रीलंकाका थारिदुले स्वर्ण जितेका छन् भने भारतका ग्यादेश सिंहले रजत र नेपालका हरिले कास्य पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *