आन्तरिक कलह समाप्त नभए काँग्रेस हराउँछ : नेत्री कोइराला
फाइल फाेटाे
रुपन्देही। नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले आन्तरिक कलह समाप्त नभए पार्टी हराएर जाने बताएकी छिन्।
प्रेस युनियन रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी बलियो बनाउने गरी भूमिका निर्वाह गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरिन्।
केन्द्रीय सदस्य कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापति बन्नकै लागि पार्टी समाप्त पार्न लागेको आरोपसमेत लगाइन्। ‘पार्टी सबैभन्दा प्रमुख विषय हो, व्यक्ति ठूलो होइन, पार्टीको विवाद नमिले आउने चुनावमा काँग्रेस शून्यमा झर्छ,’ उनले भनिन् ‘पार्टीभित्र यस्तै किचलो रहिरहे आफू यो पार्टीमा भोट हाल्नलाई हात काँप्नेछ।’
काँग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदबार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उनको भनाइ छ।रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment