ईन्जा द्वारा पुरस्कारका लागि आवेदन आह्वान

डिसी नेपाल
१८ पुष २०७६ २०:२१

डिसी नेपाल वासिंगटन डिसी ।

प्रिय पत्रकार तथा लेखक मित्रहरु,

पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (ईन्जा) द्वारा प्रदान गरिने १ हजार अमेरिकी डलर राशीको ईन्जा सामुदायिक पत्रकारिता पुरस्कारकालागि जनवरी १ , २०२० वाट आवेदन खुल्ला भइसकेको छ । त्यसैले इच्छुक पत्रकार तथा लेखकहरुले सन् २०१९ भरीमा प्रकाशित वा प्रसारित समुदायको विकास वा परिवर्तनलाई पैरवी गर्ने आफ्ना समाचार, फिचर वा यात्रा विवरणहरुको प्रति वा अनलाइन लिंक सामेल गरी जनवरी महिनाभरीमा (जनवरी ३१, २०२० भित्र) ईन्जा ग्लोवलको इमेल : info@injaglobal.org मा आवेदन पठाइसक्नुपर्नेछ । मोफसलमा भएका कतिपय पत्रकार तथा लेखकहरुसम्म यो सुचना पुग्न नसक्ने अवस्थालाई समेत मध्यनजर गरेर अरुको सामाग्री पनि सिफारिस गरेर आवेदन गर्न पाइने व्यवस्था गरिएको छ । कुनै सिफारिसकर्ताले सिफारिस गरेको सामाग्री पुरस्कृत भएमा सिफारिसकर्तालाई समेत सम्मानस्वरुप १ सय अमेरिकी डलरको पुरस्कार दिइनेछ । ईन्जा सामुदायिक पत्रकारिता पुरस्कार सन् २०२० मार्च १ मा काठमाडौमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ । प्राप्त आवेदनहरुवाट उत्कृष्ट सामग्री चयन गर्न वरिष्ठ पत्रकारहरु तीर्थ कोइराला, टंक पन्त र किशोर सापकोटा रहेको एक छनौट समिति समेत गठन गरिएको छ । ईन्जाले मार्च १ लाई ‘इन्जा डे ‘ को रुपमा संसारभर मनाउने निर्णय गर्दै आगामी वर्षदेखि सम्पूर्ण पुरस्कारहरु सोही मितिमा प्रदान गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *