ग्राण्डी अस्पतालले ४० श्ययामा विपन्न व्यक्तिको नि:शुल्क उपचार गरिदिने
काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखाले आर्थिक रुपमा विपन्न भएका व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर ४० श्ययामा निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने भएको छ।
अस्पतालको शुक्रबार सम्पन्न सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा आर्थिकस्थित कमजोर भएकालाई सिद्धार्थ वार्ड स्थापना गरेर ४० श्ययाबाट निःशुल्क सेवा दिन लागेको बताइएको हो।
अस्पतालका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले ग्राण्डी अस्पतालले धनी र गरिब दुवै स्तरका नागरिकलाई सेवा दिने उद्देश्यले ४० श्यया निःशुल्क गर्न लागेको जानकारी दिए ।
“ग्राण्डी अस्पताल धनी व्यक्तिले उपचार गर्ने अस्पताल हो भन्ने आम मानिसको बुझाई छ, यसलाई चिर्नका लागि पनि हामीले ४० श्यया निःशुल्क गर्न लागेको हौँ”, अध्यक्ष कुँवरले भने ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले अस्पताललाई चाहिने स्थानीय सरकारको साथ र सहयोग दिन स्थानीय सरकार तयार रहेको उनको भनाइ थियो।
अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले सात वर्षको अवधिमा अस्पतालले चार हजारभन्दा बढी विशेष, आठ लाखभन्दा बढी विरामीको बहिरङ्ग (ओपिडी) सेवा, ५० हजार अन्तरङ्ग बिरामी, ३० हजार सर्जरी, ४१ हजार आकस्मिक सेवा र तीन हजारको हेलिकप्टरमार्फत उद्धार गरी स्वास्थ्यसेवा प्रदान गरेको जानकारी दिए ।
एक वर्षदेखि नेपालमै पहिलोपटक स्पोर्ट मेडिसिन, स्पाइन सर्जरी, इमर्जेन्सी मेडिसीन र हेपाटोप्यानक्रयाटिक चार क्षेत्रमा फेलोसिप कार्यक्रम शुरु गरेको अस्पतालले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment