पूर्वप्रधानमन्त्री नेपालद्वारा महाकाली नदीमा निर्माणाधीन पुलको अवलोकन

डिसी नेपाल
२० पुष २०७६ १२:४२

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आज महाकाली नदीमा निर्माणाधीन चार लेन पुलको स्थलगत अवलोकन गरेका छन्।

उनले पुल निरीक्षण गर्दै पुल निर्माणकार्य निर्धारित समयमा सकिनुपर्ने र यसलाई स्थानीयको आम्दानी तथा संस्कृतिसित जोडिनुपर्ने बताए।

“यो महाकाली नदी हो, त्यसैले कालीमाता र शान्तिको सन्देश दिने गरी बुद्धको मूर्ति राख्न राम्रो हुन्छ” उनले भने।

पुल निरीक्षणसँगै उनले महाकाली पुल जोड्ने छ लेन सडकसमेतको निरीक्षण गरे। सडक निर्माणले स्थानीय बासिन्दाको आयमा वृद्धि हुने उनले विश्वास व्यक्त गरे।

नेता नेपालसँग पुल निरीक्षणमा नेकपा केन्द्रीय सदस्य रामकुमार ज्ञवाली, कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा दिपकप्रकाश भट्टसहित सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनार, लालबहादुर खड्का, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, पूर्वमन्त्री उर्वादत्त पन्तलगायतका नेता सहभागी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *