कार्यपालिका बैठकमै वडा अध्यक्षद्धारा मेयरमाथि हातपातको प्रयास
शुक्लागण्डकी नगरपालिकाको तथा कार्यपालिका बैठकमा सहभागी ।
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष रामबहादुर क्षेत्रीले मेयर किसान गुरुङमाथि हातपातको प्रयास गरेका छन् ।
योजनाका विषयलाई लिएर शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष क्षेत्रीले नै नगरप्रमुख किसान गुरुङमाथि कार्यपालिका बैठकमै हातपातको प्रयास गरेका हुन् ।
कार्यापालिका बैठकमा दश लाख रुपैयाँ लागतका योजनाका विषय छलफल भइरहेका बेला वडा नम्बर ७ का वडाध्यक्ष क्षेत्रीले नगरप्रमुखमाथि हातपातको प्रयास गरेको वडा नम्बर १ का वडाध्यक्ष रविचन्द्र पौडलले डिसीनेपाललाई बताए।
पौडेलले भने, “बैठकमा दश लाखको योजना उपभोक्ता समितिले गर्न पाउनुपर्ने माग गर्दै आएका अध्यक्ष क्षेत्री आवेशमा आएर हातपात गर्न लाग्नुभयो । क्षेत्रीलाई उपप्रमुख सविता रसाइलीले छेक्नुभयो र हातपात हुन पाएन ।”
यस विषयमा नगरपालिकाका प्रवत्ता खिम बहादुर कुमालले कार्यपालिका बैठकमा एजेण्डाका विषयमा सामान्य विवाद भएको र अहिले समाधान भईसकेको बताए ।
यसअघि नगरसभाले दश लाखमाथि लागतका नगरपालिकाका योजना टेन्डरबाट गराउने निर्णय पारित गरेको थियो ।
साझेदारी र खानेपानी योजना उपभोक्ता समितिले गर्न दिने निर्णय भएपनि अरु योजना उक्त रकम भन्दा माथिका भए टेन्डर प्रक्रियाबाट गर्ने निर्णय गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment