कतारको राष्ट्रिय संग्रहालयलाई नेपालको लालिगुराँस अंकित कार्पेट उपहार

डिसी नेपाल
२४ पुष २०७६ ११:४१

काठमाडौं। नेपालले कतारको राष्ट्रिय संग्रहालयलाई नेपालको राष्ट्रिय फूल लालिगुराँस अंकित कार्पेट उपहार पठाएको छ । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट पठाइएको यो उपहार कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले हस्तान्तरण गरेको नेपाली दूतावासले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको छ । उपहार संग्रहालय प्रमुख अहमद मुसा अल नाम्लालाई हस्तान्तरण गरिएको हो ।

यो कार्पेट काठमाडौंमा हस्तकलाका कारिगरहरुले राष्ट्रपतिको निर्देशनअनुसार विशेष रुपमा तयार गरेका हुन् । अक्टोबर २०१८ मा कतारको औपचारिक भ्रमणमा गएका बेला राष्ट्रपति भण्डारीलाई यो उपहार दिने सोच आएको थियो । यो कार्पेट पूर्ण रुपमा हातबाट निमित् भएको बताइएको छ । शुद्ध तिब्बतीयन ऊन र रेशमबाट निर्मित यो कार्पेट फुलिरहेको लालिगुराँस अंकित छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *