ढकाल र बाँस्कोटालाई थप मन्त्रालयको जिम्मेवारी
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा दुईजना मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले थप मन्त्रालयको जिम्मेवारी दिएकी छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुक्त ढकाललाई थप मन्त्रालयका जिम्मेवारी दिइएको हो।
बाँस्कोटालाई रिक्त रहेको सहरी विकास मन्त्रालयको र ढकाललाई कानून नयाँ तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो।
उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकार छोडेपछि यी दुई मन्त्रालय प्रधानमन्त्री ओली आफुसँगै राखेका थिए। शुक्रबार ती मन्त्रालयको जिम्मेवारी मन्त्रीहरुलाई दिइएको हो।
राष्ट्रपति कार्यालयको विज्ञप्तिः
आज मिति २०७६ साल पुस २५ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्को कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सहरी विकास मन्त्रालयको कार्यभार सम्माननीय प्रधामन्त्रीज्यू स्वयंले सम्हाली आउनुभएकोमा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्ने गरी र सहरी विकास मन्त्रालयको कार्यभार माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सम्हाल्ने गरी तोक्नु भएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment