शिशिर भण्डारीको ‘१६ सालैमा’ सार्वजनिक [भिडियो]

डिसी नेपाल
२७ पुष २०७६ ९:४५

काठमाडौं। कलाकार, सञ्चारकर्मी तथा सामाजिक क्षेत्रमा सक्रिय शिशिर भण्डारीको अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘१६ सालैमा’ सार्वजनिक गरिएको छ। भिडियोमा शिशिर र समीक्षा अधिकारीको अभिनय रहेको छ।

कृष्ण भारद्धाज र सुशील पौडेलको शब्द, कृष्ण भारद्धाजकै संगीत रहेको गीतमा अच्युत भारद्धाज र समीक्षा अधिकारीको आवाज सुन्न सकिन्छ।

दुई दिनअघि युट्युबमा सार्वजनिक गीतले अहिले स्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाईरहेको छ। भिडियोले २ लाख ८० हजार बढी भ्यूज बटुलिसकेको छ।

भिडियोलाई प्रकाश धितालले निर्देशन तथा सन्तोष गहतराजले नृत्य निर्देशन गरेका हुन्।

उत्सव दाहालले यस भिडियोलाई खिचेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन्। गीतमा मायाप्रेमका कुरालाई समेटिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *