वैदेशिक रोजगारीलाई शोषणरहित बनाउने समझदारी

डिसी नेपाल
२७ पुष २०७६ २०:१९

काठमाडौं । वैदेशिक रोजगारीलाई थप व्यवस्थित र शोषणरहित बनाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र वैदेशिक रोजगार विभागबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । वैदेशिक रोजगारको नाममा हुनसक्ने अवैध गतिविधिलाई रोकेर पेशालाई थप व्यवस्थित, मर्यादित र शोषणरहित बनाउन आज काठमाडौँमा छ बुँदे उद्देश्य तथा १३ बुँदे सहकार्यको समझारीपत्रमा हस्ताक्षर भएको हो ।

गृह सचिव प्रेमकुमार राई तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा भएको समझदारीपत्रमा सिआइबीका निर्देशक प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीमकुमार भुसालले हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा वैदेशिक रोजगारीको नाममा हुनसक्ने मानव बेचविखन तथा ओसारपसारका घटना रोक्ने, पीडित व्यक्तिको संरक्षण तथा पुनःस्थापना गर्न श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, गृह मन्त्रालय र प्रहरीबीच समन्वय गर्ने लगायतका विषय समावेश छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *