तनहुँ सेवा समाज कतारको एघारौँ अधिवेशन सम्पन्न, नेतृत्वमा नारायण ढुङ्गाना

डिसी नेपाल
२८ पुष २०७६ ११:०९

दोहा । तनहुँ सेवा समाजको एघारौँ अधिवेशन  नारायण ढुङ्गानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । गएको शुक्रबार सनैयास्थित रोटना होटेलमा सम्पन्न अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति सर्वसम्मतिमा गठन गरेको हो ।

तनहुँ सेवा समाज “सबल र समृद्ध जिल्ला निर्माणका लागि प्रवासीको योगदान, सहयोग र सद्भाव सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने मूल नाराका साथ सन् २००४ मा कतारमा स्थापित भएको सामाजिक संस्था हो।

नयाँ कार्यसमितिको  प्रथम उपाध्यक्षमा पदम गिरी, संगम पाण्डे र गणेश बहादुर छेत्री, महासचिवमा मीनराज वाग्ले, सचिवमा सन्तोष रेग्मी, कोषाध्यक्षमा पदम बहादुर रानाभाट र सहकोषाध्यक्षमा सूर्य गिरी चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा बम बहादुर रानाभाट, वृहस्पति राना, हिरा थापा, ऋषिराम थापा, दिया थापामगर, राजु बिक, नरेश थापा, याम बहादुर सारुमगर र धन प्रसाद रानामगर रहेका छन् ।

अधिवेशनमा गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष हंसराज ढकाल क्षेत्रीको प्रमुख अतिथि थिए।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक नवराज विकले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । कार्यवाहक अध्यक्ष नारायण ढुङ्गानाको सभापतित्वमा सम्पन्न अधिवेशनमा  सन्तोष रेग्मीले स्वागत मन्तव्य राखेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *