कोरियामा नेपाली युवाले गरे बंगुर फार्ममा झुन्डिएर आत्महत्या 

डिसी नेपाल
२८ पुष २०७६ १२:१४

सौल । कोरियामा एक नेपाली युवाले आत्महत्या गरेका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत साढे २ वर्षअघि यहाँ आएका पाँचथरका विवेक राईले शनिबार राती आत्महत्या गरेका हुन् ।

राई छल्लाबोक्दो छङ्गुपसिमा रहेको  एक बंगुर फार्ममा काम गर्थे । उनी फार्म भित्रै आइतबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

साथमा बस्ने सहकर्मी डम्बर थाम्सुहाङका अनुसार उनी शनिबार राती सँगै खाना खाएर सुतेका थिए । उनले राई कतिबेला बाहिर निस्के भन्ने कुरा थाहा नपाएको बताएका छन् । बिहान उठेर हेर्दा राईलाई कोठामा नदेखेपछि खोज्ने क्रममा फार्मकै भित्र भ्याङ्ग हालेर झुन्डिएको अवस्थामा फेला पारेको उनले बताए।

विवेकले आत्महत्या गर्नुको कारण खुलेका छैन । प्रहरीले घटनास्थलको निरीक्षण गरि उनको शवलाई पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा पुर्याएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी गराएको छ ।

मृतक राई अविवाहित रहेको बुझिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *