लाईभ कन्सर्टबाट उठेको पैसा कमजोर आर्थिक अवस्था भएकालाई

डिसी नेपाल
२८ पुष २०७६ १९:२८

सियोल । रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको मंगोलियन हर्ट लाईभ कन्सर्ट एन्ड सांगीतिक धमकाको आय व्यय सार्वजनिक गरेको छ। कार्यक्रमबाट रामेछाप सम्पर्क समिती दक्षिण कोरियालाई १ करोड ९२ लाख वोन मुनाफ भएको छ।

कूल मुनाफा मध्ये १ करोड ६० लाख भन्दा बढिको शैक्षिक अक्षयकोष स्थापना गर्ने र सो को बार्षिक ब्याजबाट आर्थिक अवस्था कमजोर भएको रामेछापको प्रत्येक गाउँपालिका र नगरपालिकाको कम्तिमा एक एक जनालाई नगरपालीका र गाउँ पालिकाको सिफारिसमा प्रदान गरिने र यसको लागि विभिन्न क्राईट एरिया बनाउनुका साथै कोष मितब्ययी पारादर्शी र व्यवस्थित बनाउनको लागि विभिन्न संयन्त्र बनाएको रामेछाप सम्पर्क समितिको अध्यक्ष रविप्रताप घिसिङले जानकारी दिए ।

उनका अनुसार जिल्लागत सहयोग र संयुक्त सहयोग अझै उठन बाँकी रहेकोले कुल मुनाफा २ करोड समेत पुग्न सक्ने अनुमान गरिएको छ। साथै अध्यक्ष घिसिङ्गले संस्था स्थापना भएको थोरै समयमा पनि सम्पुर्ण रामेछापबासीको साथ,सहयोग मिहिनेत र हौसलाले प्रवाशी भुमिमा ऐतिहासिक सफल कार्यक्रम भएकोमा कार्यक्रम सफल बनाउन हरतरहले खटिनु भएका रामेछापबासी लगायत सम्पुर्ण कोरियाबासी नेपाली समुदायलाई हार्दिक धन्यवाद समेत दिएका छन्।

रामेछाप सम्पर्क समिती दक्षिण कोरियाका पदाधिकारी, सल्लाहकार एवं सम्पूर्ण सदस्यहरूले कार्यक्रमबाट भएको मुनाफा ब्यबस्थित र पारादर्शी बनाउने प्रतिबद्धता प्रकट गर्दै आगामी दिनहरूमा पनि यस्तै प्रकारका सफल कार्यक्रमहरू गर्न लागि पर्ने बताए। कोरियामा सांस्कृतिक कार्यक्रम गरेर उद्देश्य अनुसार सहयोग गर्न ढिलो गर्ने प्रवृत्तिलाई यो पटक रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले चिरेर बिलैमा आयब्याय प्रस्तुत गरि सबै नेपाली संघ संस्थाहरूको लागि उदाहरण बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *