गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन

डिसी नेपाल
२९ पुष २०७६ ८:०३

काठमाडौं। वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ।

सोमबार राति आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर गम्भीर घाईते भएका भट्टराईको उपचारका क्रममा वीर अस्पतालको ट्रमा सेन्टरमा निधन भएको हो। दरबारमार्गमा आफैले संचालन गरेको बानथाई रेस्टुरेन्टबाट नियमित गायन सकेर निवास जडिबुटीतर्फ फर्कने क्रममा कार दुर्घटना भएको थियो।

संगीतकार मिलन मोक्तानले दुर्घटनामा गम्भीर घाईते भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिए पनि बिहान ४ बजे चिकित्सकले मृत घोषित गरेको डिसी नेपाललाई जानकारी दिए।

निशान चर्चित गायिका लोचन भट्टराईका भाई हुन्। ५३ वर्षिय उनले खासगरी गजल गायकीमा पहिचान बनाएका थिए।

उनको श्रीमती, एक छोरा र एक छोरी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *