नेपालका लागि नयाँ भारतीय राजदूत विनय मोहन क्वात्रा

डिसी नेपाल
२९ पुष २०७६ ११:५८

काठमाडौं। भारतले नेपालको लागि नयाँ राजदूतमा विनय मोहन क्वात्रालाई नियुक्त गरेको छ । हाल फ्रान्सका लागि भारतीय राजदूत रहेका क्वात्रा अब नेपालका लागि भारतीय राजदूत हुनेछन् । क्वात्राले नेपालमा मञ्जीव सिंह पुरीको स्थान लिनेछन् जसको कार्यकाल डिसेम्बरको अन्त्यसँगै समाप्त भएको छ ।

क्वात्रा विगत ३० वर्षदेखि भारतीय कूटनैतिक सेवामा कार्यरत छन् । यसअघि उनले भारतको प्रधानमन्त्री कार्यालयमा ज्वाइन्ट सेक्रेटरीको रुपमा काम गरेका थिए । त्यसपछि उनी भारतीय विदेश मन्त्रालयमा पोलिसी प्लानिङ एण्ड रिसर्च डिभिजनमा गएका थिए । क्वात्रा फेब्रुअरीको सुरुवातमा नेपाल आइपुग्ने अनुमान गरिएको छ ।

सन् १९८८ मा कूटनीतिक सेवामा प्रवेश गरेका क्वात्रा फ्रान्समा राजदूत छन्। उनी यसअघि सार्क सचिवालयमा सन् २००६ देखि २०१० सम्म निर्देशकको रूपमा नेपालमा थिए। राष्ट्रसंघका लागि जेनेभा र न्युयोर्क दुवै स्थान, चीन र अमेरिका काम गरिसकेका उनी अनुभवी कूटनीतिज्ञको रूपमा चिनिन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *