कुवेतमा कार्यरत रेग्मी सम्पर्क बिहिन, खोजी गरिदिन परिवारको आग्रह

डिसी नेपाल
१ माघ २०७६ ११:४१

कुवेत । कुवेतमा कार्यरत एक नेपाली युवा सम्पर्क बिहिन भएका छन् । विगत ३ वर्षदेखि यहाँ काम गर्दे आएका बुढीगंगा गाउँपालिका–७ नेताचोक मोरङका ३५ वर्षीय सागर रेग्मी गएको दुईहप्तादेखि सम्पर्क बिहिन भएका हुन् ।

उनी कुवेतको महाबुल्लाह गाता –३ पुरानो कम्प्लेक्सको छेउको बिल्डिङमा ८ तल्लामा बस्थे । उनी अलराएड सेक्युरिटी कम्पनीमा काम गर्थे । उनी गएको जनवरी २ तारिखदेखि घरपरिवार, साथीभाइ, कम्पनीमा कार्यरत स्टाफ कसैसँग पनि सम्पर्कमा आएका छैनन् । परिवारले सागरको खोजी गरिदिन कुवेतस्थित नेपाली समुदायलाई आग्रह गरेका छन् ।

सम्पर्कका लागि–

कुवेत– ००९६५-६५६९२१२१

नेपाल- ९८१९३२६७६७ 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *