ओमानका नयाँ सुल्तानलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा शुभकामना व्यक्त

डिसी नेपाल
१ माघ २०७६ १७:२९

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले ओमानका नयाँ सुल्तान हैथम विन तारिक बिन तैमुर अल साइदलाई बधाई तथा शुभकामना दिएका छन्।

बुधबार शुभकामना सन्देश पठाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले हैथमको नेतृत्वमा नेपाल र ओमानबीच अझ प्रगाढ सम्बन्ध विस्ता हुने विश्वास व्यक्त गरेकी छन्। १९७७ मा ओमानसँग कुटनीतिक सम्बन्ध स्थापित भए यता नेपाल ओमानबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नयाँ सुल्तानको नेतृत्वमा यो सम्बन्ध अझ विस्तार हुने बताएकी छन्।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा नयाँ सुल्तान हैथमको नेतृत्वमा ओमानको अझ प्रगति हुने भन्दै अझै समृद्ध बन्ने विश्वास व्यक्त गरेकी छन्।

यस्तै प्रधानमन्त्री ओलीले पठाएको शुभकाना सन्देशमा पनि नयाँ सुल्तान हैथमको नेतृत्वमा आपसी हित र द्वीपक्षीय सम्बन्धमा थप विस्तार हुने विश्वास व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *