अवैध लागूऔषध सहित नागढुङ्गाबाट १ जना पक्राउ

डिसी नेपाल
१ माघ २०७६ १७:३३

 

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ सेराङ गाउँपालिका–१ बस्ने २१ वर्षीय देवराज लामा रहेको प्रहरीले जनाएको छ । उनलाई अवैध लागूऔषध गाँजा २ सय ५३ ग्राम र अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु ९ सय ५० ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ३००७ नम्बरको बस जाँच गर्ने क्रममा लामालाई पक्राउ गरेको र थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *