एकनारायण र विमलराजको सहकार्यमा ‘ऐना हेरी हेरी’ [भिडियोसहित]
काठमाडौं। सुगम संगीत तथा लोकगीत सिर्जनामा बलियो नाम हो, एकनारायण भण्डारी। उनले जनजिब्रोमा झुण्डिने दर्जनौं गीत नेपाली संगीत क्षेत्रलाई दिइसकेका छन्। उनै सर्जक एक नारायणको संगीत तथा शब्द सिर्जनामा नयाँ लोकगीत सार्वजनिक गरिएको छ।
बुधबार ‘ऐना हेरी हेरी’बोलको लोकगीत एकनारायणकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतमा लोकप्रिय गायक विमलराज क्षेत्री र लोकप्रिय गायिका विष्णु माझीको स्वर सुन्न सकिन्छ।
गीतकार एकनारायण र गायक विमलराजले केही गीतमा सहकार्य गरेका छन्। जसमध्येको हिट गीत हो, ‘सुुपारी चाम्रो’ । त्यस्तै गतवर्ष यी दुईको सहकार्यमा ‘बुट्टे रुमाल’ बजारमा आएको थियो। जुन गीतलाई पनि स्रोता/दर्शकले रुचाएका थिए।
सार्वजनिक ‘ऐना हेरी हेरी’गीत पनि श्रोता तथा दर्शकको मुखमा झुन्डिने खालको छ। गीतले श्रोता तथा दर्शक मन जित्ने अपेक्षा गर्न सकिन्छ। किनकी गीतको अडियोअनुसार भिडियो पनि बलियो देखिन्छ।
शान थापाको निर्देशन, राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा कबिता नेपाली र बिजु पार्कीले अभिनय गरेका छन्। भिडियोलाई अर्जुन तिवारीको टिमले छायांकन गरेको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment