सभामुख पदमा शिवमायाको दाबी कायमै

डिसी नेपाल
१ माघ २०७६ २२:३५

नुवाकोट । उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभामा रिक्त सभामुख पदको लागि आफू नै योग्य भएको बताएकी छन् । नुवाकोटको बेत्रावतीमा बुधबार आयोजित गोरु जुधाइँ प्रदर्शनी कार्यक्रममा उनले रिक्त सभामुख पदको लागि बाटो खुला गर्न आफू राजीनामा दिन तयार भएको तर सभामुख पदको उम्मेदवारमा आफू पनि दाबेदार रहेको बताइन् ।

“सो पदमा कि त पार्टीले उम्मेदवार सिफारिस गर्न सक्नुप¥यो, कि अडान त्याग गरेर नेतृत्वबिहीन बनेको संसद् सहज रुपमा सुचारु गर्न सहयोग गर्नुपर्छ ।” उपसभामुख तुम्बाहाम्फेले संसद् नचल्दा जनताका मौलिक हक तथा राष्ट्रिय सुरक्षासँग जोडिएका विभिन्न पाँच विधेयक प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पठाउन ढिलाइ भएको बताइन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *